Logo

लकडाउन २५ चैत्र मध्यरातसम्म लम्बियो, सीमा बन्द कायमै



काठमाडौ, १६ चैत्र । सरकारले २६ चैत्रसम्म देशभर लकडाउन लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामका लागि लकडाउन लम्ब्याउने निर्णय गरिएको बताए । उनले विमानस्थल ३ वैशाखसम्म अझै बन्द रहने समेत बताए ।

यसअघि सरकारले १८ चैत्रको विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । यसलाई लम्ब्याउने निर्णयसँगै लकडाउन अझै केही हप्ता जानसक्ने अनुमानहरु हुन थालेको छ ।

पाँचवटा मात्र केस देखिएको र सबै उच्च जोखिमयुक्त केस नभएकोमा सरकारले सन्तुष्टि लिएको छ ।

कोभिड १९ रोकथामका लागि सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ ।

२५ चैत्र राति १२ बजेसम्म सीमा अझै बन्द गरेको छ । मान्छेको आवागमन रोकिएपनि ढुवानी सुचारु ।

२५ चैत्र १२ बजेसम्म लकडाउन जारी ।

उच्चस्तरीय टास्क फोर्स जसलाई कोरोना १९ रोकथाम टास्क फोर्स भनिएको छ त्यसको गठन । सीसीएमसी उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहने । गृहमन्त्री, स्वास्थ्य, अर्थमन्त्री समेत रहनेछन् । सुरक्षा निकायका प्रमुखहरु पनि सदस्य रहनेछन् । रोकथामका लागि चालिएका कदम कार्यान्वयन गराउने ।

अर्थतन्त्रमा देखिएको समस्यालाई दृष्टिगत गरी राहत घोषणा गरेको छ । स्थानीय तहले राहत दिनुपर्ने पहिचान गरी श्रमिकहरुको लगत तयार गर्ने निर्णय गरेको छ । स्थानीय तहले दैनिक खाद्य आवश्यकता पुग्ने गरी लकडाउन अवधिभर उपलब्ध गराउनेछ ।

स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत उपलब्ध गराउने । रकम अपर्याप्त भएमा नेपाल सरकारको कोषबाट उपलब्ध गराउनेछ ।



प्रतिक्रिया दिनुहोस्