Logo

ऋणको किस्ता र ब्याज असार मसान्तमा तिरे हुने (राष्ट्र बैंकका १६ निर्णयहरु)



काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले चैत्र महिनामा असुल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको क्रेडिट कार्ड समेतको भुक्तानी २०७७ असार मसान्त सम्म हुने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ । आज राष्ट्र बैंकले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावलाई दृष्टिगत गरी किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाउने निर्णय समेत गरको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ५ प्रतिशत, नीतिगत दरको रुपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गरेको जनाएको छ ।

ऋणीले चैत्र महिनामा असुल गर्नुपर्ने किस्ता सोही अवधिभित्रमा भुक्तानी गर्न आएमा ब्याज रकममा १० प्रतिशत छुट दिई असुल उपर गर्नुपर्ने निर्णय समेत गरेको छ । ब्याज दर छुट दिँदा आधारदरभन्दा क मगर्न नपाइने उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले इजाजतप्राप्त संस्थाहरुलाई कर्जाको ब्याजदर ५ प्रतिशत कायम गरेको छ । ब्याजदर स्थायी तरलता सुविधा दर ५ प्रतिशत, नीतिगत दरको रुपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्