Logo

घरभाडा आधा गर्न सरकारको अनुरोध



फाईल तस्बिर/रिपोर्टर्स नेपाल डटकम

काठमाडौं, १६ चैत्र । सरकारले घरभाडा आधा गर्न आग्रह गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले घरभाडा आधा गर्न अनुरोध गरेको सरकारका प्रवक्ता अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनले भने, घरबहाल आधा मिनाहा गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । यसरी मिनाहा गरिएको घरबहालमा कर नलिने निर्णय समेत गरेको छ ।

सरकारले कोरोना भाइरसको प्रभावले अर्थतन्त्रमा असर परेकाले दिएको निर्देशन बमोजिम राष्ट्र बैंकले यस्तो निर्णय गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्