Logo

करोडौं सहयोग गर्दै बलिउड कलाकार



मुम्बई, चैत १७ । विश्वमा महामारीका रूपमा तीव्र रूपले फैलिइरहेको कोरोना भाइरसविरुद्ध अहिले सिंगो विश्व आतंकित छ। संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ।

भारतमा पनि अहिले दिनहुँजसो कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढ्दो छ। भारत सरकारले यसविरुद्ध लड्न देशभर १५ अप्रिलसम्म लकडाउन घोषणा गरेको छ। सरकारले नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

कोरोना भाइरसविरुद्ध लड्न भारतमा प्रधानमन्त्री केन्द्रीय राहत कोष स्थापना गरिएको छ। कोभिड १९ विरुद्ध लड्न यतिखेर भारतीय फिल्मकर्मीले पनि सहयोग घोषणा तथा दैनिक ज्यालादारी गर्ने मजदुरका लागि सहयोग दिन थालेका छन्।

बलिउड अभिनेता अक्षयकुमारले उक्त राहत कोषमा २५ करोड भारु सहयोग गरेका छन। बाहुबली स्टार प्रभासले  तीन करोड अभिनेता महेश बाबुले एक करोड, अभिनेता पवन कल्याणले  एक करोड, रियालिटी सोका प्रस्तोता कपिल शर्माले ५० लाख सहयोग गरेका छन् । मेगास्टार चिरञ्जीवीले दैनिक ज्यालादारी मजदुर तथा तल्लो तेलगु फिल्म उद्योगमा कम आय भएका समूहका लागि भनेर एक करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

त्यस्तै, साउथ सुपर स्टार रजनीकान्तले दैनिक ज्यालादारी मजदुरका लागि भनेर ५० लाख रुपैयाँ सहयोग गरेका छन्।ऋतिक रोशनले एन ९५ र एफएफपी तीन मास्क खरिद गरेका छन्। एकता कपुर, कियारा आडवाणी, भूमि पेडनेकर, सिद्धार्थ मल्होत्रा, करण जौहर, नितेश तिवारी, आनन्द एल राई, आयुष्मान खुराना, तापसी पन्नु, सोनम कपुर, दिया मिर्जालगायतले दैनिक ज्यालामा जीविकोपार्जन गर्नेहरूलाई सहयोग गर्ने बताइसकेका छन्। उनीहरुले कोभिड १९ को यो संकटबाट लड्न सबैलाई सहयोग गर्न आह्वान पनि गरिरहेका छन्।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्