ललितपुर १७ चैत्र । गोदावरी नगरपालिकाले आजदेखि अनौपचारिक क्षेत्रमा ज्यालादारी मजदुरी गर्ने श्रमिकको विवरण लिने कार्य शुरु गरेको छ । उक्त नगरपालिका क्षेत्रभित्र डेरा गरी बस्ने र श्रम गरी ज्यालाबाट दैनिक जीवन चलाउनेहरुको लागि भोकै बस्न नपरोस भनी वडा मार्फत लगत संकलन कार्य भैरहेको जनाएको छ ।
नगरपालिकाले विपन्न, एकल, सुत्केरी महिला, अपाङ्गता भएको व्यक्तिहरुको समेत विवरण दिन आग्रह गरेको छ । नगरपालिकाका कोही बिरामी परेमा सात वटा एम्बुलेन्सबाट निशुल्क सेवा हुने र आकस्मिक राहत कोषमा सहयोग गर्न इच्छुक महानुभावहरुलाई नेपाल बैंक लिमिटेड, चापागाउ शाखाको खाता न ०७८००१००६२८०२३०००००१ र एन आइसी बैंकको खाता न. ४१सी ए १४९७८६५५२४०२ जम्मा गर्न सक्ने व्यहोरा नगरका प्रमुख गजेन्द्र महर्जनले जारी गरेको सुचनामा उल्लेख गरीएको छ ।




प्रतिक्रिया