Logo

प्रधानमन्त्री ओलीको कदममा मेरो पूर्ण साथ छ, अहिले उहाँको विकल्प छैन् : थापा (भिडियोसहित)



काठमाडौं, १८ चैत्र । पूर्वमन्त्री सुनिलबहादुर थापाले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका हरेक कदम सही रहेको स्पष्ट पारेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

कोरोनालाई परास्त गर्नको लागि सबै एकजुट भएर अघि बढ्नु आजको आवश्यकत्ता भएको थापाको भनाई छ । उनले कोरोनाविरुद्ध लड्नको लागि सरकारले गरेको प्रयास जायज भएपनि अझै प्रभावकारी रुपमा लड्नको लागि सर्वदलीय संयन्त्र बनाउनुपर्ने सुझाव दिए ।

उनले भने, “हिजो संविधानसभाबाट संविधान जारी गर्दा राजनीतिक दलहरुबीच जसरी एकता थियो, आजपनि त्यस्तै एकताको खाँचो छ । अहिले सर्वदलीय सहमतिको आवश्यकत्ता छ । मैले सरकारको कुरा गरेको होईन् । अहिलेको सरकार आफैं बहुमतको सरकार हो । यसले कामपनि गरिरहेको छ । तर, त्यसलाई थप उर्जा र थप बल दिनको लागि हामीले सर्वदलीय सहमति गर्नुपर्छ ।”

https://youtu.be/yhW0ESyQBxE



प्रतिक्रिया दिनुहोस्