Logo

कसैले अहिलेकोभन्दा सस्तोमा भोलि नै सामान ल्याईदिन्छ भने पहिलेको सम्झौता तोडिदिन्छु : महानिर्देशक श्रेष्ठ (भिडियोसहित)



काठमाडौं, १८ चैत्र । स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. महेन्द्रकुमार श्रेष्ठले चीनबाट स्वास्थ्य सामाग्रीहरु आंशिकमात्रै आईपुगेको स्पष्ट पारेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चीनबाट अहिले पिपिई, रिएजेन्ट, पिसिआर, ग्लभ्स, एन ९५ मास्क आएको सुनाए ।

महानिर्देशक श्रेष्ठले स्वास्थ्य सामाग्री खरिदको लागि आफूहरुले टेण्डर गरेको सुनाउँदै भने,”उहाँहरु सस्तोमा दिन्छु भनेर आउनुभयो । हामीले पनि ल दिनुस त भन्यौं र उहाँहरुले ल्याईदिनुभयो । फेरि टेण्डर गर्यौं, उहाँले अहिले ल्याउन सक्दैनौं भन्नुभयो । हामीले तपाईहरुको लागि जहाज पठाउँछौं । जापान, सिंगापुर, थाईल्याण्ड कहाँ पठाउनुपर्यो हामी जहाज पठाउँछौं भन्यौं । तपाईहरुले ३० टन सामान बनाईदिनुहोस । हामीले प्लेन पठाउँछौं भनेका थियौं । मैले मुख्यसचिव, गृहसचिव, पर्यटनसचिवकहाँ लगेर उहाँहरुलाई भेटाएँ । सविचज्यूहरुले पनि ल ठिक छ, तपाईहरुलाई आवश्यक रैछ, प्लेन जान्छ । सामान जम्मा गर्नुहोस भन्नुभयो । उहाँहरुले सामान जम्मा गर्नुभएन । फेरि हामीले सुचना जारी गर्यौं । कसले ल्याउन सक्छ भन्यौं रु दुई वटा ग्रुपले हामीले ल्याउन सक्छौं भने । उहाँहरुले डकुमेन्ट पेश गर्नुभयो । वार्ताको आधारमा यो अलिकति महँगो भयो । तपाईले भनेजस्तो महँगो होईन, २० प्रतिशतजति महँगो छ ।”

https://youtu.be/_8aiYeZBKCI

यस्तो विषम परिस्थिति र संकटको बेलामा २० प्रतिशत महँगो हालेर किन किन्नुभयो रु भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,”नपाएपछि ल्याउने कि नल्याउने रु चीनले पनि सरकारीस्तबाट सामान दिन सकेन् । हिजो महामहिम राजदुतले सिचुवान प्रान्तबाट पठाईएको थोरै सामान दिनुभयो । उहाँले के भन्नुभयो भने केन्द्रिय सरकारले सामान किन्न सकेन, अहिले चीनमा सामान छैन् । तपाईहरुले भनेजस्तो सामान हामीले ल्याउन सकेनौं तर छिटोभन्दा छिटो ल्याउने प्रयास गर्दैछौं भनेर हिजो उहाँले भन्नुभयो । सरकारले किन्न सकेको छैन् ।”

उनले एक लाख पिपिई ल्याउने भनेर सम्झौता गरिएकोमा अहिले जम्मा दश हजारमात्रै आएको बताउँदै अझै ९० हजार पिपिई आवश्यक रहेको स्पष्ट पारे । पिपिईको कुरा गर्दा पर मुल्य १९१९ रुपैयाँउ रहेको पनि उनले जानकारी दिए । उनले भने, “हामीले किनेको पिपिईको मुल्य १९१९ रुपैयाँ छ । सिचुवान प्रान्तले किनेको मुल्य २१ सय रुपैयाँ छ ।”

उनले स्वास्थ्य सामाग्री ल्याउँदा कुनै अनियमितता वा भ्रष्टाचार नै नभएको दाबी गरे । उनले भने,”सामान ल्याउन भने लु बर्वाद भयो । विरामी मार्यो । स्वास्थ्यकर्मीलाई सामान छैन भनेर तपाई भन्नुहुन्छ । सामान सस्तोमा ल्याउन त सस्तोमा दिनुपर्यो नि सर । यदि कसैले सस्तोमा दिन्छु भनेर आजै आउँछ भने यसअघिको सम्झौता तोडेर म नयाँ सम्झौता गर्छु । तर, हामीलाई आजै वा भोलि सामान चाहिन्छ ।”



प्रतिक्रिया दिनुहोस्