Logo

श्रममन्त्री यादवको दाबी : श्रमिक मजदुरहरुकहाँ सरकारको राहत पुगिसकेको छ (भिडियोसहित)



काठमाडौं, १८ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले लकडाउनको अवधिमा प्रत्यक्ष असर परेकाहरुको लागि खासगरी दैनिक ज्यालादारी गर्नेहरुको लागि सरकारले उपयुक्त प्याकेज घोषणा गरिसकेको र अहिले धमाधम सहयोग वितरण भैरहेको स्पष्ट पारेका छन् ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राहत वितरणको लागि केन्द्रीय सरकारले प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग गर्नेसमेत उनले बताए । उनले भने, राहत वितरणको लागि केन्द्र सरकारले सबै निर्देशन दिईसकेको छ । अब कार्यान्वयन हुन्छ । श्रमिक मजदुरहरुको लागि धेरै ठाउँमा राहत पुगिसकेको छ । अब बाँकी ठाउँमा पनि पुग्छ ।



प्रतिक्रिया दिनुहोस्