Logo

आमाको काखमा बसेर दूधको साटो रगत चुस्ने ? रामहरि खतिवडा



काठमाडौं, १८ चैत्र । नेपाली काँग्रेसका नेता रामहरि खतिवडा काठमाडौंमा बसेर ओखलढुंगेली जनताको पीरमर्कामा साथ दिइरहेका छन् । जिल्लाका लागि निकै काम गर्ने नेताको परिचय बनाएका खतिवडाले अहिलेको संकटमा मौका छोप्नेप्रति कडा कदम चाल्नुपर्ने बताएका छन् । उनीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

क्वारेन्टाइनमा तपाईं कहाँ हुनुहुन्छ ?
यस्तो बेलामा पनि काठमाडौंमा बसेर नेपाली रेडियो नेटवर्कबाट निरन्तर काम गरिरहनुभएको छ । त्यसको लागि तपार्इंलाई धेरै–धेरै धन्यवाद । अहिलेको अवस्थामा जल्दाबल्दा समसामयिक विषयलाई उजागार गरी जनतासमक्ष पु¥याइरहनुभएको छ । त्यसको लागि तपाईंप्रति हाम्रो धेरै शुभेच्छा छ । अहिलेको बेलामा हाउस क्वारेन्टाइनमै काठमाडौंमा बसेको छु । यहाँ बसेपनि जिल्लाका साथीहरु र अन्य सरोकारवालासँग समन्वय गरेर काम गरिरहेका छौं । कतिपय साथीहरु लकडाउनका कारण बीचैमा अलपत्र परेका छन् उनीहरुलाई कसरी सम्बन्धित ठाउँमा पु¥याउने भनेर लागेका छौं । काठमाडौंमा बसेको भएपनि जिल्लामा आइपरेका जस्तै माक्स, अन्य क्वारेन्टाइनका समानहरु उपलब्ध गराउने काम गरिरहेका छौं ।
कोरोनाविरुद्ध सरकारले चालेको कदमलाई नेपाली कांग्रेसको समर्थन छ ?
यो त एउटा व्यक्ति, जाति, पार्टी, समुदायको मात्रै समस्या होइन । विश्वव्यापी रुपमा पैmलिएको माहामारी हो । यसबिरुद्धमा लड्न हामी सम्पूर्ण नेपालीदेखि विश्व समुदाय एक हुनुपर्ने जरुरी छ । एउटाले अर्को गाली गर्ने, आरोप लगाउने बेला टाढाको कुरा हो । अहिले सबै कुनै तेरो, मेरो नभनी एक भएर लाग्नुपर्छ । अहिले स्वाथ्यर्की, सुरक्षाकर्मीहरुको लागि चाहिने आवश्यक सामाग्रीहरु उपलब्ध गराउन सरकारले गरेका राम्रो कामको लागि नेपाली कांग्रेसका सम्पूर्ण नेतादेखि कार्यकर्तासम्मको समर्थन छ । तर, समस्या के देखिएको छ भने । अहिले हामी सबै सहर केन्द्रित जस्तो देखिएका छौं । हाम्रो मुलुक पनि सानो छ । सामाग्रीहरु पनि पर्याप्त उपलब्ध हुन सकेका छैनन् । एउटा डाक्टरले लगाउने व्यक्तिगत बचाऊको सामाग्री नै हामीसँग थिएन । त्यो भरखर सरकारले ल्याएको छ । यो भाइरस जाँच गर्ने औषधिहरु नै हामीसँथ थिएनन् । मैले पहिलादेखि नै भन्ने गरेको थिएँ, ‘यी सामानहरु सकेसम्म सबै जिल्लामा न भएपनि सबै प्रदेशमा पु¥याउने काम गरौं’ भनेको थिएँ । कम्तिमा प्रदेशमा पु¥याउने काम भएको छ । आगामी दिनमा कम्तिमा ७७ वटै जिल्लामा परीक्षण गर्ने वातावरण बनोस् ।
रोग पहिचान गर्ने ल्याबहरु सबैतिर चाहियो नि ?
यसलाई सशक्त र छिटोछरितो बनाउन स्थानीय लेभललाई अझ बढी परिचालित गर्नुपर्छ । सबैभन्दा पहिला स्थानीय र प्रदेश सरकार पनि केन्द्रीय सरकार जस्तै गरी मोबिलाइजेन हुनुपर्छ । यतिबेला हाम्रो कुनै पार्टी, जाति भन्दा पनि राम्रो काम गर्ने सबैमा समर्थन छ । अहिलेको बेलामा मौकाको फाइदा उठाउने गरी काम गर्नु भनेको आमाको काखमा बसेर दुध चुस्नुको सट्टा रगत चुस्नु बराबर हो । यस्तो काम नेपाली जनताका प्रतिनिधि र नेपाल सरकारले गर्दै भन्ने हामीलाई विश्वास ग¥यो भने पछि छलफल गरौला । अहिले अवस्थामा सबै एकजुट भएर स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने गरी कोरोनाविरुद्ध लाग्नुपर्छ । अहिले धेरै मान्छे बाहिरबाट गाउँ–गाउँ पुगेका छन् । ती बिरामी भए भने कोही हेर्न जाँदैन । अस्पतालसम्म पु¥याउने एम्बुलेन्स छैन । यो बेलामा त्यहाँ उपलब्ध स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर जनतालाई उपचार र रोगबारे सुसूचित गराउने वातावरण सिर्जना गर्नुपर्छ ।
अहिलेको अवस्थामा मजदूरहरुलाई हातमुख जोर्ने समस्या छ नि ?
हो, यहाँ दिनभरि कमाएर बेलुका, बिहान छाक टार्ने झन्डै १६ लाख हाराहारी विभिन्न क्षेत्रका मजदूरहरु छन् । तिनीहरुलाई हातमुख जोर्नको लागि सरकारले छिटोभन्दा छिटो राहत प्याकेज ल्याओस् । दोस्रो विभिन्न पेशा व्यवसाय गरेर घरभाडामा बस्नेहरुलाई भाडा छुट हुनुपर्छ भनेर तपाईंले भनिरहनुभएको छ । त्यसमा पनि सरकारले पहल गरोस् । त्यतिमात्रै होइन विद्यार्थीहरुका लागि लकडाउनको बेलामा जसरी पढाइ भएको छैन । त्यसको लागि कलेज, स्कुलहरुले शुल्क एक÷दुई महिनाको शुल्क मिनाहा गरोस् । भोलि मुलुकको अर्थतन्त्र डामाडोल हुनेवाला छ । मुलुकमा उदोगधन्दाहरु छैनन् । भएका पनि सबै बन्द भएका छन् । हाम्रो मुलुक खाली रेमिट्यान्सले चलेको हो । ठूला–ठूला मुलुकको त हात त्यो छ भने हामी परनिर्भर मुलुकको हातल के होला । त्यसैले यसको लागि सबै राजनीतिक पार्टीहरुले छलफल र सरसल्लाह गर्ने बेलामा सरकारले के नीति लिएर अगाडि बढ्ने हो । भोलि मुलुक आर्थिक, सामाजिक रुपले जरर्जर भयो भने के गर्ने भनेर राष्ट्रिय रुपमा छलफल गर्ने बेला भएको छ । त्यतातिर सरकारको ध्यान पुगेको छैन । त्यसैले सरकारले इमान्दारीपूर्वक दीनदुःखी जो बिहान कमाएर बेलुका खाने बर्ग छन् तिनका लागि छोटोभन्दा छिटो सरकारले सोच्नुपर्यो । खानै नपाएर हाम्राविरुद्ध जनता आउने बाटो नगरौं ।
जस्तो अहिले कोरोना अस्पतालमा पशु व्यवहार भयो नि ?
हो, यो सबैभन्दा अमानवीय कार्य भएको छ । जर्मनीले अर्को देशमा भएका सेनाहरुलाई ल्याएर उपचार गर्ने व्यवस्था गरेको छ । अप्ठ्योरो परेका बेलामा मानवीय संवेदनाको कुरालाई हेर्नुपर्छ । यत्रा डाक्टर साथीहरु हुनुहुन्छ । उहाँहरुलाई हार्दिक अनुरोध गर्छु, चिकित्सक संघका साथीहरुलाई पनि अनुरोध गर्न चाहन्छु । जसले अस्पताल खोजेर बस्नुभएको छ, त्यसलाई ब्यापारिक प्रयोजनका लागि मात्रै खोलेको हो भन्ने नदेखाइदिनुस् । यो सामाजिक कार्य र मानवीय सम्वेदनाको लागि पनि हो भन्ने देखाइदिनुस् । मानिस बिरामी लिएर अस्पतालको गेटमा पुगेको छ । गेटमा ताला लगाएर फर्कादिनुभयो । त्यो महान अपराध र आततायी काम हो । यस्तो काम अस्पताल भनेर खोलिएको कुनै पनि संस्थाले गर्नुहुँदैन । यस्ता अस्पताल विरुद्ध सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्छ । यस्ता अस्पताल जो बिरामी फर्काइदिएर गुटमा ताला लगाउँछन् । तिनको दर्ता खारेजीसम्मको अवस्थामा पुगेर सरकारले कारबाही गर्नुपर्छ । परेको बेलामा सरकार र जनतालाई सहयोग गर्दैन भने त्यसलाई किन अस्पताल खोल्ने सुविधा दिने ? उसका पनि माग छ भने सरकारले पुरा गर्नुपर्छ । तर, अस्पताल भनेर खोलेपछि जनतालाई सहयोग गर्दैन भने सरकारले कडाभन्दाकडा कारबाही गर्नुपर्छ भन्ने हाम्रो पनि माग छ ।



प्रतिक्रिया दिनुहोस्