Logo

सीमामा रोकिएकालाई प्रवेश गराएर क्वारेन्टाइनमा राख्नुपर्छ- डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, १८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लकडाउनमा सबै एकजुट भएर साथ दिनुपर्नेमा जोड दिएका छन् । उनले जनताको पीरमर्का बुझेर सरकारले जिम्मेवरीपूर्वक कदम चाल्नुपर्ने बताए । डा. लोहनीसँग ऋषि धमलाले गरेको कुराकानीः
कोरोनाले विश्वको अर्थतन्त्रलाई कहाँ पुर्याउला ?
नेपालीमा एउटा शब्द छ, त्यसलाई धरासायी भन्छन् । यसले त्यही नै बनाउँछ । किन भने आम्दानी, माग र आपूर्ति सबै घटेर जाने अवस्था आयो । आम्दानी घट्नेबित्तिकै आग पनि घटेर जान्छ । त्यसपछि आपूर्ति हुने कुरा भएन । उत्पादन पनि सबै कमहुँदैन जान्छ । अर्थतन्त्रको दायरा सानो भएर जान्छ । नेपालका धेरै मान्छेहरु गरिबीको रेखामुनि पुग्छन् ।
यसले नेपालको अर्थतन्त्रमा ठूलो असर पर्छ ?
त्यसमा त संकै छैन । किन भने अल्पकालीन भएपनि रोजगारीहरु गुमेका छन् । जसको कारण मान्छेका आम्दानीहरु घटेर जान्छ । त्यसको साथै विदेशबाट पठाउने रेमिट्यान्सहरुमा के असर पर्छ यो त अहिले नै भन्न सकिन्न । अब एक÷दुई महिनामै समस्या समाधान भए त धेरै असर नपर्ला । अरु चार, पाँच महिना लम्बिएर गयो भने नेतालको पनि अर्थतन्त्र संकुचन भएर जान्छ ।
अहिलेको समयमा नेपालको अर्थतन्त्रलाई स्थिर राख्न केही उपयहरु छन् ?
नेताहरुले इमान्दारिता देखाउने यही बेलामा हो । यस्तो बेलामा नेताहरु इमान्दार भएनन् भने के हुन्छ भन्ने कुरा विश्वका अरु मुलुकमा पनि देखिएकै छ । यस्तो बेलामा सबैभन्दा बढी मारमा पर्ने भनेको ज्यालादारी काम गरेर खाने समुदलाई हो । यसमा रिक्सा चालक, मजदूर, ज्यालादारी, भरियालगायत जुन दिनभरि काम गरेर बिहान–बेलुकाको छाक टार्ने गर्थे । यो समुदायलाई के गर्ने भनेर नेपाल सरकारले तुरुन्तै विचार गर्नुपर्छ । अर्को ५० लाखभन्दा कम लगानीका जुन उद्योगहरु छन् तिनीहरुलाई नेपाल सरकारले राहत दिनुपर्यो । यस्ता यद्योगहरुलाई अरु केही नभएपनि ब्याजमा चार, पाँच महिनाको मिनाहा गर्नुपर्छ । अर्को राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, माननीयहरुको चर्ख कटौती गर्नुपर्यो । उहाँहरुले उदारता देखाउने यही बेला हो । जुन बेला राष्ट्र संकटमा छ । उहाँहरुले कम्तिमा २५ प्रतिशत तलब, भत्ता सुविधामा कटौती गर्नुपर्छ । अर्को माननीयहरु ६ करोड, ७ करोड बोकेर हिंडिरहेका छन् । त्यतातिर जाने पैसा बन्द गरेर कोरोनासित लड्न लगाउनुप¥यो । यसरी जहाँ सकिन्छ खर्च कटौती गरेर कोरोनासित लड्न लाग्नुप¥यो । अर्को नेपाल सरकार र जनताबीच विश्वासको वातावरण बढाउन सक्नुप¥यो । ‘यो सरकारले राष्ट्रको पैसा खर्च गर्दा भ्रष्टाचार गर्दैन, इमानदारीपूर्वक सही ठाउँमा उपयोग गर्छ’ भन्ने जनतामा विश्वासको वातावरण बनाउन सक्नुपर्छ । यस्तो संसारका मानवमाथि यत्रो दुःख परेको बेलामा आवश्यक मालसामान किन्दा भ्रष्टाचार भयो भनेर राष्ट्रिस्तरका पत्रपत्रिकामा आएको छ । यसरी किटेर, तोकेर प्रमाणसहित आएको छ । त्यसमा सम्बन्धित पक्षहरुले यो बेलामा केही भन्नुपर्दैन भनेर चुपचाप बसेका छन् । यसबेला जनता पनि बोल्न सक्दैनन् । प्रतिपक्ष पनि कमजोर छ, त्यसकारण यही हो भ्रष्टाचार गर्ने मौका भन्ने सोच भयो भने यो देशको अर्को दुर्भाग्य हो ।
सरकारले जनताको लागि चाहिएको सामान ल्याउँदा किन विवादमा प¥यो ?
यो सामान चाहिन्छ नचाहिने होइन । बिरामी जाच्नको लागि आवश्यक माक्स, किट, भ्यान्टिलेटर, पीपीईलगायतका सामान नचाहिने होइन । तर, विवादमा प¥यो भने किन विवादमा पर्यो भनेर सम्बन्धित पक्षले स्पष्टिकरण दिनुप¥यो नि । यस्तो दुःख परेको बेलामा पनि सरकारले दुरुपयोग गर्दछ भन्ने जनतामा प¥यो भने उनीहरुले सरकारलाई विश्वास गर्ने ? यो बेलामा त सरकारले हाम्रो लागि इमान्दारीपूर्वक काम गर्छ भन्ने विश्वास जनतामा हुनुपर्यो । यो बेलामा सरकारले अरु पहिलाको जस्तो बेइमानी गर्छ भन्ने जनतामा भयो भने कसरी विश्वास गर्छन् ।
अहिले धेरै मजदुरहरु समस्यामा छन्, तिनको समाधान गर्न सरकारले के गर्नुपर्ला ?
मजदूरको समस्या समाधान गर्न अहिले काम दिन पनि मान्छेको भीडभाड हुन्छ, त्यो सम्भव छैन । त्यसको लागि सरकारकोतर्पmबाट के गर्न सकिन्छ ? देशमा यत्रो सरकार छ, मन्त्रालयहरु छन् तिनको लागि कार्यक्रमहरु ल्याउनुप¥यो नि ।
अहिले पनि सीमानाका ठूलो संख्यामा नेपालीहरु छन्, उनीहरु नेपाल आउन चाहन्छन् के गर्ने ?
आफ्नो देशमा आउन पाउनु नेपाली जनताको अधिकार हो । त्यस्तो नाकाहरुमा अलपत्र परेका नागरिकहरु छन् भने राज्यले उनीहरुको लागि केही गर्नुपर्छ । त्यसैको लागि त राज्य चाहिने हो नि । उनीहरुलाई आउनै नदिने होइन । यत्रो गाउँपालिका, वडा कार्यालय, जनप्रतिनिधिहरु छन् । तिनीहरुलाई कहाँबाट आएका हुन् । उनीहरुको रेकर्ड राखेर क्वारेन्टाइनमा राख्नुपर्छ । गाउँमा को नयाँ मान्छे आयो त्यसको रेकर्ड वडा कार्यालयले गर्नुपर्यो । यस्तै बेलाको लागि त हो नि स्थानी सरकार चाहिने । एकै ठाउँमा हुँदा ठूलो संख्यामा आए । तर, तिनको रेकर्ड त उसको स्थायी ठेगाना हेरर पत्ता लागि हाल्छ नि । यति धेरै गाउँपालिकाहरु छन्, त्यहाँ जनप्रतिनिधिहरु छन् । उनीहरुले ती मान्छे सबै चिन्छन् । उनीहरुलाई पनि काम दिनुप¥यो नि । जे–जसरी हुन्छ हामी प्रतिरोधात्मक काम गरेर यो भाइरसलाई नेपाल आउनै दिनुहुँदैन । प्रतिरोधात्मक ढंगले नै यो भाइरसलाई रोक्न सकिएन भने नेपालको सरकारको रवैया र स्वास्थ्य अवस्थाले अकल्पनीय भयाबह स्थिति हुन सक्छ । पहिला घरमा चोर आउँदैछ भने झ्याल, ढोकामा राम्रोसँग ताला, चापी गर्नुप¥यो । यदि फोडेर पस्यो भने लड्नुपर्यो, त्यो भनेका अहिलेका स्वास्थ्यकर्मी हुन् । चोर परास्त गर्न सेना खनाउने तर बन्दुकमा म्यागेजिन छैन भने कसरी लड्छन् । त्यसकारण अहिलेका सेना भनेको चिकित्सकहरु हुन् उनीहरुको मनोबल उच्च बनाएर काम गर्न वातावरण सिर्जना गर्नुपर्छ । त्यसको लागि आवश्यक सामाग्रीको अभाव हुनुहुँदैन । यसको लागि खर्च गर्न डराउने हुँदैन । चिकित्सकहरुले जे माग्छन् त्यो तुरुन्तै ल्याउनुपर्छ । यो संकटको घडिमा जे पनि गर्दा हुन्छ भनेर सरकारका प्रतिनिधिहरु, सम्बन्धित मन्त्रीहरु लाभ लिन थाल्छन् भने त्यो जघन्य अपराध हो, त्यसलाई नेपाली जनताले माफ दिँदैनन् ।
हाम्रो देशमा कोरोनाविरुद्ध सकरारले प्रभावकारी कदम चालेको छ ?
अहिले सरकारले लकडाउन गरेको छ । यो अत्यन्तै सराहनीय काम हो । यसलाई हामीसहित सबै नेपाली जनताले साथ दिएर सफल बनाउनुपर्छ । यो भनेको बाढी आइरहेको खोलाको बाधा हो । यो बेलामा हामीले बाध बँचाउनै पर्छ । यो बाँध फुटाएर बाढी नेपालभित्र छि¥यो भने ठूलो बिनास गर्छ । त्यसैले यो लकडाउनलाई सबैले मिलेर सफल बनाएर बाढीलाई रोक्नुपर्छ । यो रोक्दा नेपाली जनतालाई हाम्रो देशमा छ, जसले इमान्दारीपूर्वक राम्रो काम गरिरहेको छ भन्ने देखाउन सक्नुप¥यो ।



प्रतिक्रिया दिनुहोस्