Logo

विश्वकपमा सानदार प्रदर्शन गरेका टर्कीका पूर्व गोलकिपरको अवस्था चिन्ताजनक



एजेन्सी, १८ चैत्र । टर्कीका पूर्व गोलकिपर रुस्तु रेकबरले सन् २००२ को विश्वकप फुटबलमा सानदार प्रदर्शन गरेका थिए । उनले टर्कीलाई सेमिफाइलनमा पुर्याएर काँस्य पदक समेत जिताएका थिए ।

रेकबरको सानदार प्रदर्शनले उत्साही टर्कीको टोलीले सेमिफाइनलमा ब्राजिललाई आच्छु आच्छु पारेको थियो । रोनाल्डोले झुक्याएर हानेको बल रेकबरको हातले हल्का छोएर गोल नभएको भए टर्कीले फाइनल प्रवेश गरेर इतिहास रच्न सक्थ्यो । तर, जे होस् रेकबरले देशलाई ऐतिहासिक जित दिलाए । तर, उनै रेकबर अहिले जीवन र मृत्युको दोसाँधमा छन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

४६ वर्षीय रेकबरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । रेकबरले टर्कीका लागि १२० म्याच खेलेका थिए ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्