Logo

यस्तो छ आजको राशिफल



काठमाडौं, चैत १९ । मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)–काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।प्रेम सफल हुनेछ। आफन्तहरु सँगको भेटघाटले मन प्रफूल्लित होला।

बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)–धार्मिक कार्यमा मन लाग्नेछ। अध्ययनमा सफलता मिल्नेछ। व्यावसायिक सफलता।बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

मीथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)–पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)–सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।व्यापारमा हानी हुने योग छ।राजनीतिमा सफलता प्राप्त हुनेछ । दैनिक कार्यमा प्रशंसा प्राप्त हुनेछ ।सामाजिक कार्यबाट लाभ मिल्नेछ। आकस्मिक धनमालको लाभ हुने योग छ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)–समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। आयस्रोत सबल भए पनि प्रतिफल अरूका हातमा पर्न सक्छ। आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ।शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)–दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।कुरा काट्नेहरू सक्रिय हुनेछन् । अरूको विश्वास जित्न सकिनेछ ।पदासीन व्यक्तिहरू सँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)–मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)–कुरा काट्नेहरू सक्रिय हुनेछन् । पारिवारिक सम्बन्धमा खटपट हुनेछ । खर्चमा कमी आउनेछ । व्यर्थ चिन्ता बढ्नेछ ।चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)–परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)–आयआर्जनमा सुधार आउनेछ। धातु सम्बन्धी व्यापारमा वृद्धि हुनेछ।दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। मित्रता बढ्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)–खर्च वृद्धि हुनेछ।आफन्त सँगको भेटले मनमा उत्साह बढ्नेछ। विवाद बढ्न सक्छ। पराक्रम बढ्नेछ। श्री प्राप्ति हुनेछ ।अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

मिन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)–बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।



प्रतिक्रिया दिनुहोस्