Logo

ब्रेकअपबारे खुलासा गरिन स्वराले



मुम्बई, चैत १९ । स्वरा भाष्करले गत वर्ष ब्वाईफ्रेन्ड लेखक हिमांशु शर्मासँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको एक वर्षपछि ‘वीरे दी वेडिङ’ अभिनेत्रीले आफ्नो ब्रेकअप हुनुको रहस्य खोलेकी छन् । स्वराले आफूहरूले एकअर्कालाई धोका नदिएको बताएकी छन् । आफूहरूको प्रेम यात्रा यहाँसम्मको मात्रै भएको र सल्लाहमै छुट्टिएको बताएकी छन् ।

ब्रेकअपको कथा सुनाउँदै उनले भनिन्, ‘सोच्नुहोस् कि एउटा पार्कमा दुईजना सँगै हिँडिरहेका छन्, रमाइरहेका छन् । यात्राको क्रममा उनीहरू यस्तो स्थानमा पुग्छन् कि त्यहाँ दुईवटा बाटा देखा पर्छन्, एउटा दायाँ जाने अनि अर्को बायाँ जाने । एक व्यक्ति दायाँ जान चाहन्छन् र अर्को बायाँ ।

त्यहाँ एउटाले भन्न सक्नुपर्छ कि ठिक छ, म मेरो बाटो छोडेर तिमीले चाहेको बाटो हिँड्न तयार छु । तर दुवै आफूले हिँड्न चाहेको बाटो छोड्न चाहँदैनन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्