एजेन्सी, १९ चैत्र । यी हुन् बेलायती नागरिक रोबर्ट वेटन । उनी मंगलबार विश्वकै जिवित वृद्ध घोषित भएका छन् ।
गिनिज वल्ड रेकर्डले उनलाई उपाधि समेत पठाएको छ । तर, यो घोषणा कोरोना भाइरसको महामारीले प्रभावित भएको छ । भिडियो कन्फरेन्समार्फत् अवार्डसम्बन्धी जानकारी गराइएको थियो ।
२९ मार्च सन् १९०८ मा जन्मिएका वेटन अझै पेन्सन बुझ्छन् । जापानका चिटेट्सुको २३ फेब्रुअरीमा निधन भएपछि वेटनलाई उपाधि पुगेको हो ।
उनले आफू कुनै महत्वाकांक्षी व्यक्ति नभएको बताए । आफूलाई अवार्ड समयले ल्याइपुर्याएको बताउँदै भने, म अरुजस्तो माउन्ट एभरेष्ट चढ्न चाहन्छु, सँसारभर जहाजबाट यात्रा गर्न चाहन्छु भन्ने मानिस होइन, जीवनले यसैगरी यहाँसम्म ल्याइपुर्याएछ ।
वेटनले समुन्द्री लडाकु जहाजका इन्जिनियर हुन् । उनका तीन छोराछोरी, १० नातिनातिना र २५ जना खनाति खनातिनी छन् ।-Photo Source: Guniess World Record




प्रतिक्रिया