Logo

लकडाउन गरेको भोकले मारिदिने ? दिपक खड्का



काठमाडौं, १९ चैत्र । नेपाली काँग्रेसका नेता दीपक खड्का मन भएका नेताको परिचय बनाउन सफल छन् । उनले कोभिड १९ सँग लड्न बनाएको राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग गरिसकेका छन् । तर, सरकारको कार्यशैलीप्रति उनको विमति छ । खड्कासँग यीनै विषयमा ऋषि धमलाले गरेको कुराकानीः

कोरोनाविरुद्ध लड्न सरकारले चालेको कदममा कांग्रेसको समर्थन छ ?
सर्वप्रथम यो विश्वव्यापी महामारी भएकाले सबैको समर्थन सरकारलाई हुन जरुरी छ । त्यसमाथि नेपाली कांग्रेसले सबैभन्दा पहिला सरकारको सहयोग खातामा १० लाख रुपैयाँ जम्मा गरिदिएर सहयोग गर्न सुरु ग¥यो । त्यति मात्रै होइन नेपाली कांग्रेसले आफ्ना माननीय, कार्यकर्ता, शुभेच्छुक, व्यवसायीलगायत सबैलाई सकेको सहयोग गर्न आह्वान गरेको छ । बिपद्को बेला सबै एकजुट हुनुपर्छ र सकेको सहयोग गर्नुपर्छ भनेर सभापतिज्यूले निर्देशन पनि दिनुभएको छ ।
तपाईंले व्यक्तिगत कति सहयोग गर्नुभयो ?
म आफूले पनि भएर होइन खोजेरै भएपनि सरकारको नाममा पाँच लाख रुपैयाँ जम्मा गरेको छु । व्यवसायिक हिसाबले पनि त्यो बाहेक केही रकम जम्मा गरेको छु । यस्तो बेलामा पनि सरकारको काम परिपक्व ढंगले अगाडि बढेको देखिएन । एउटा राम्रो काम भनेको यो लकडाउन गरिदिएको कारणले महामारी फैलिइहाल्दैन कि भन्नेमा हामी पनि ढुक्क छौं । तर सरकारले गर्ने गतिविधि, इमानदारितापूर्वक देखिइएन । तपाईंहरुले पनि सुन्नुभएको छ यसबीचमा भ्रष्टाचार भयो भन्ने कुरा । यदि त्यो सत्य हो भने दूर्भाग्यपूर्ण कुरा हो । तपाईंले पनि यो कुराको उठाउन गरेको हामीहरुले पनि सुनेका छौं । भ्रष्टाचार र अनियमितताको विरुद्ध रातदिन खटिरहनुभएको छ । एउटा मिडियाकर्मीले गर्ने यो रचनात्मक कुराले सरकारलाई सहयोग पुगेको छ भन्ने हामीलाई पनि लागेको छ । मुलुकमा लकडाउन भएको यति लामो समय भइसक्यो । यो समयमा विद्यार्थी, मजदूरहरुले के खाएका छन् । त्यसको बारेमा सरकार भरखर निर्णय गर्दैछ । त्यसको वितरणप्रणाली कस्तो हुने, के हुने केही थाहा छैन । वडाहरुमा यस्तो ठूलो सहरमा ५०÷६० ठाउँमा डिपो राख्नुपर्छ । प्रहरी, स्वास्थ्यकर्मी परिचालन गरेको छ, अब अरु मान्छेहरु पनि परिचालन गर्न आवश्यक छ । संक्रमण फैलिन सक्छ त्यो एउटा कुरा हो । प्रहरी, स्वास्थ्यकर्मीहरुलाई पनि फैलिन सक्छ नि उनीहरु खटिरहेका छन् । उनीहरु जस्तै सजकता अपनाउँदै स्थानीय तहका जनप्रतिनिधि र समाजसेवीहरुलाई परिचालित गर्न जरुरी छ । हप्तौंको लकडाउनले मान्छे भोकले मर्ने बेला भइसक्यो । अहिले भरखर निर्णय गरेर हुन्छ । यस्ता कुरामा सरकारको कमीकमजोरी देखिन्छ ।
यस्तो बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने होइन र ?
अहिले विश्वमै समस्या छ । नेपालमा पनि सबै क्षेत्र, वर्ग र समुदायबाट सहयोग भएको महसुस गरेको छु । तथापि सरकारले गर्ने गतिविधि पर्याप्त र जुनमुखी भएन । यस्तो सुस्त मनस्थितिले के हुन्छ ? आज बेलैमा लेकडाउन गरेकाले फैलिएन एउटा कुरा भयो । अलिकति फैलिएको भए सम्हाली नसक्नुको नेपालमा हुन्थ्यो । जसरी राहतको कुरा गरिएको छ । सरकारले त भरर्खरै निर्णय गर्दै त्यो परिचालित गरेर पुग्ने कहिले ? त्यो पखेर बस्दा भोकले जनता मर्दैनन् । घरभित्र मैले मान्छे थुनेको छु भनेर सरकारले बुझ्नुपर्छ कि पर्दैन ? यो कुरामा नेपाली कांग्रेसको आपत्ति छ । स्थानीय सरकारहरुलाई पनि भनेर मात्रै हुँदैन । उनीहरुलाई साधन, स्रोतसहित सशक्त रुपमा परिचालित गर्नुपर्छ । त्यसमा उनीहरुको स्वास्थ्यको पनि राम्रो ख्याल हुनुपर्छ । आजैबाटै तत्कालै लाग्नुपर्छ । भोक र रोगबाट मान्छे मर्नुभएन ।
सरकारले गरिरहेको छु भन्छ तर परिणामुखी रिजल्ट जनता सामु आएन नि ?
केन्द्रबाट पैसा बिनियोजन भएको छैन । स्थानीय सरकारले गोजीबाट दिने कुरा भएन । बजेट पहिल्यै बिनियोजन भइसकेको छ । पैसा चाहियो नि दीनदुखीलाई सहयोग गर्नलाई । कसैलाई एक किलो, पाँच किलो किनेर दिने हो र ? यो त त्यहाँ वडा अध्यक्षहरुलाई लौ गर भन्दैमा गर्न सक्छन् र ? यहाँ त पैसा मात्रै भएर पनि भएन । सबैतिर आवतजावत ठप्प छ । मान्छेलाई खानलाई सामान चाहियो नि । भोकै मर्नु त भएन नि यो कुरामा चाहीं सरकारको ध्यान कम गएको हो कि, नसकेको हो कि गम्भीर नभएको हो, केही बुझिएन । यहाँ त मान्छे मात्रै होइन पशुपालन गरेका मान्छे पनि छन् । तिनीहरुलाई चराउन जाने, दानापानी खुवाउने अवस्था पनि छैन । बाहिर निस्कियो पुलिसले कुटिहाल्छ । कुट्न पनि प¥यो । कस्तो ठाउँसम्मलाई ठप्प पार्ने, कस्तो ठाउँमा आवतजावतलाई अवस्था हेरेर खुल्ला गर्ने भन्ने परिवक्वता र मेकानिजम सरकारमा देखिएन । लकडाउन भने पछि शहरदेखि गाउँसम्म जहाँ पतला घर छन्, एक घरबाट अर्को पुग्न २०, २५ मिनेट आधा घण्टा लाग्छ त्यस्ता ठाउँमा पनि एउटै नियम लगाएको छ । यस्ता कुराको ख्याल नगर्दा अर्को विकराल हुन्छ ।
तर, लकडाउन जनताको लागि हो नि ?
रोगबाट जोगाउन लकडाउन गरेको फेरि भोकले मारिदिने मान्छे ?
नेपाली कांग्रेसले पनि राहत लिएर जनतासमक्ष गए हुन्छ नि ?
अहिले त पार्टीको कुरा भएन । एकद्वार प्रणालीबाट सुरक्षित ढंगले राहत उपलब्ध होस् भनेर सरकारलाई सबैले सहयोग गरेको छ । यतिबेला ‘तिमीहरु घरभित्रै बस, कतै चल्न पाउँदैनांै भने पनि खानाको लागि तिमीहरुको ढोका–ढोकामा आउँछ भन्न सक्दैन सरकारले’ ? कांग्रेस पार्टी कसरी जान्छ त्यसको लागि सुरक्षित मेकानिजम चाहिन्छ ।
पार्टी कार्यकर्तालाई सुरक्षित ढंगले परिचालित गर्न त सक्नुहुन्छ नि ?
त्यो फेरि व्यक्ति भयो नि । त्यसको लागि सुरक्षित ढंगले व्यवस्थित गर्नुप¥यो नि । व्यक्तिलाई हिड्डुल गर्न पास चाहियो । यस्तो बेलामा सरकारले गर्ने हो नि । घरभित्रै बस है भनेपछि खानाको लागि व्यवस्था त गर्नुप¥यो नि ।
औषधि र ग्याँसमा पनि अवरोधहरु आइरहेको छ नि ?
त्यही त । कतै ट्रान्सपोटेसन नै छैन । ग्याँस आउने भारतबाट हो त्यहाँ पनि लकडाउन छ । जति आएको छ, त्यसमा सही ढंगले व्यवस्थापन छैन । अहिले समान किन्नै पाइँदैन । पाइहाले पनि दोब्बर, तेब्बर पर्छ । त्यसको बारेमा कुनै अनुगमन र व्यवस्थापन भएन । मीठो शब्दमा भनिदिएर मात्रै भएन क्या सरकारले आफ्नो दायित्व पूरा गर्नुप¥यो । उचित ढंगले वितरण पनि गर्नुप¥यो । भ्रष्टाचार र अनियमितता हुन्छ कि भनेर निगरानी पनि गर्नुप¥यो । वितरण गरिएका कुराहरु व्यवस्थित भए कि भएनन् भनेर अनुगमन पनि गर्नुप¥यो । ऋषीजी तपाईलाई मेरो जिल्लामा भएको हिजोको मात्रै एउटा उदाहरण भन्छु, ‘अरुण तेस्रोले समाग्रीहरु वितरण ग¥यो । उसले गर्दैगर्दा त्यही खाँदबारी नगरपालिको सरकार हस्पिटल र अर्को प्राइभेट हस्पिटललाई सामानहरु वितरण गरियो । त्यही रहेको भेगीय हिसाबको अर्को सरकारी हस्पिटललाई सामानहरु दिइएन । प्राइभेट अस्पिटललाई सहयोगको सामाग्री दिँदै गर्दा भोलि कोरोना संक्रमण सकिएपछि उसले व्यवसायिक रुपमा प्रयोग गर्नेभयो ।’ यस्ता कुराहरुको वितरणमा खोई ख्याल गरिएको ? फेरि दुरीको हिसावले पनि १० मिनेटको मात्रै फरक छ । खोइ वितरण प्रणाली व्यवस्थित गरेको ? अर्काले दिएको सामानमा त यस्तो छ भने आफैले दिनुपर्यो भने के हुन्छ ? यस्ता कुरामा सरकार सचेत हुनुप¥यो यो मेरो आग्रह पनि हो ।
विभिन्न आश्रममा बसेका बालबालिको पनि समस्या छ, अन्य मज्दूरको समस्या उत्तिकै छ, यसको समाधानका लागि के गर्नुपर्ला ?
अहिले सरकारभन्दा पनि नेपालीको भावना यति कमलो भयो कि सरकारले भन्नेबित्तिकै ढोका थुनेर बसिदिएको अवस्था छ । यहाँ त सरकारले जे–जे भनेको छ, जनताले त्यो–त्यो मानिरहेको छ । यस्तो अवस्थामा वितरण प्रणालीमा अन्याय हुने, लक्षित वर्ग, समुदाय खान नपाएर भोकै हुने । सहयोगका सामानमा भ्रष्टाचारका कुराहरु सुन्नुपर्ने घरमा बसेर । यस्तो अवस्थामा जनतालाई कत्रो आहात हुन्छ ? त्यसप्रति सरकार सचेत र सम्वेदनशील हुनुप¥यो । त्यो कुरामा मात्रै हाम्रो आग्रह हो ।



प्रतिक्रिया दिनुहोस्