Logo

लकडाउनका बेलामा मानिसहरु कसरी सीमानासम्म आइपुग्छन् ? प्रकाशबहादुर शाह



काठमाडौं, १९ चैत्र । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह सीमा वारी र पारी रोकिएका नेपाल र भारत दुवै देशका नागरिकप्रति आफूहरु गम्भीर भएको बताएका छन् । दुवै देशमा लकडाउन र बन्द भएकाले उनीहरुलाई आवागमन रोकिएको भन्दै अहिले सुरक्षित तरिकाले राखिएको बताए । यसै विषयमा मन्त्री शाहसँग ऋषि धमलाले गरेको कुराकानीः
सुदूरपश्चिममा कोरोनाविरुद्ध कसरी लडिरहनुभएको छ ?
विश्वव्यापी रुपमा फिलिएको महामारीका सन्दर्भमा हाम्रो प्रदेशमा पनि जुनताका जीवन सुरक्षाको निम्ति स्वास्थ्यमा पर्याप्त ध्यान दिइरहेका छांै । हामी यतिबेला अत्यन्तै सक्रियता बढाएर आफ्नो बिबेकको उच्चतम प्रयोग गरिरहेका छौं । यसका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनतालाई सशक्त ढंगले आह्वान र परिचालन गरिरहेका छौं ।
सबै गरिरहेका छौं भनिरहँदा त्यहाँका मजदूर वर्गले खानपाएका छैनन् रे त्यतातिर तपाईंहरु के हेरेर बसिरहनुभएको छ ?
पक्कै पनि यो कुरा ठीक भन्नुभयो । अहिले लकडाउन पछि र पहिला गरी झन्डै १ लाख बढी नेपालीहरु सुदूरपश्चिमका नाकाबाट नेपाल भित्रिएका छन् । चाहे त्यसरी भित्रिएकाहरु हुन् चाहे नेपालभित्रै रहेका मजदूरहरु हुन् । हाम्रा प्रदेशमा रहेका ती तमाम मजुदूरहरु जसले यतिबेला आफ्नो आयस्रोत गुमाएका छन् । तिनीहरुको राहतका निम्ति भरखर मात्रै कोरोना भाइरसको रोकथाम र व्यवस्थापनको लागि भनेर ४० करोड रुपैयाँँको व्यवस्थापन गरेका छौं । त्यसबाट सम्पूर्ण मजदूरहरुको अहिलेको स्थितिको अवलोकन गरिरहेका छौं । त्यसको व्यवस्थापनको लागि जिल्ला प्रशासनमार्पmत तथ्यांक संकलन गर्ने कार्य भइराखेको छ । त्यसको आधारमा उहाँहरुलाई राहत तयारीमा छौं ।
लकडाउन भएको आज नवौं दिन भइसक्यो अहिलेसम्म जनतालाई राहत दिन सक्नुभएको छैन के हेरेर बस्नुहुन्छ ?
उहाँहरुलाई हामी पक्कै पनि राहत दिने छौं ।
बजेटको घोषणा गरेर मात्रै भएन, जनताले राहत पाउनुप¥यो नि ?
सबै जनताहरु यतिबेला लकडाउनमा हुनुहुन्छ । त्यसलाई सफल बनाउन मोबिलिटी पनि कन्ट्रोल गरिरहेका छौं । यातायातदेखि सबैखाले ढुवानी सेवालालाई बन्द गरिराखेका छौं । अहिले तथ्यांक लिने, परिस्थितिको अनुगमन गर्ने र त्यसको बारेमा उहाँहरुलाई भनिरहने रहेका छौं, ‘यतिबेला ऋणपात गरेर काम चलाउनुस्, प्रदेश सरकारले तपाईंहरुलाई त्यसको परिपूर्तिको लागि राहत दिन्छ’ भनेर ।
सरकार भनेको जनताको है, आफ्नो लागि अहिले काम नगर्नुहोस् ?
अहिले हामीले जिल्ला प्रहरी कार्यालयमार्पmत जसलाई स्थानीय फोर्स भनिन्छ । त्यसले संकट व्यवस्थापन कमिटि छ त्यसले समन्वय गरिरहेको छ । उहाँहरुलाई परिचालन गरिराखेका छौं । विभिन्न खाद्यान्नको आपूर्ति पनि गरिरहेका छौं । अत्यावसकीय सामाग्रीको आपूर्ति गरिरहेका छौं । संकट र समस्याबाट जोगिन हरदम चनाखो भएर काम गरिरहेका छौं ।
अहिले पनि सुदूरपश्चिका धेरै नेपालीहरु भारत–नेपालको सीमामा कराइरहेका छन्, तिनलाई नेपाल ल्याउन सक्नुभएन नि ? गृहमन्त्री भएर कहाँ चुक्नुभयो ?
ऋषिजी तपाईले भनेजस्तै यो प्रदेशका विभिन्न नाकामा चाहे त्यो दार्चुलाभन्दा पारी धार्चुलाको कुरा भन्नुहोस् । त्यस्तै गरी गौरीफन्टा, दोधारा–चाँदनी पारी, चाहे झुलाघाटलगायत हरेक ठाउँमा हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरु अलपत्र परिरहनुभएको छ । त्यसको लागि हामी समन्वय गरिरहेका छौं । हाम्रो संघीय, प्रदेश र स्थानीय अनि भारतसँग पनि समन्वय गरेर उहाँहरु उद्दार गरी क्वारेन्टाइमा राख्ने विभिन्न प्रयासहरु भइरहेका छन् । हामीले त्यसमा सफलता प्राप्त गरिरहेका छौं । सीमा खोल्ने, बन्द गर्ने, सील गर्ने कुरा प्रदेश सरकारको अधिकारभित्र पर्दैन । हाम्रा नागरिकहरुको स्वास्थ्यलाई कसरी बचाउन सकिन्छ ? कसरी सम्बन्धित ठाउँमा ल्याउन सकिन्छ भनेर तीब्र गतिमा काम गरिरहेका छौं । हाम्रा सुरक्षाकर्मीले भारतसँग समन्वय गरेर ती विभिन्न ठाउँमा भएका नेपालीहरुलाई क्वारेन्टाइमा राख्ने व्यवस्था गरिएको छ । उहाँहरुलाई हाम्रो आग्रहमा भारत सरकारले क्वारेन्टाइनमा राखिएको छ । नेपालमा रहेका भारतीयहरुको पनि विभिन्न ठाउँमा क्याम्प खडा गरेर क्वारेन्टाइनको व्यवस्था गरिराखेका छौं । विभिन्न संघसंस्थाका भवनहरु भारतीय नागरिकको क्वारेन्टाइनका लागि प्रयोगमा ल्याएर उहाँहरुको सेवा गरिरहेका छौं । भारतले नेपाली नागरिक बचाउन प्रयास गरेको छ भनेर भारतका नागरिकलाई पनि बचाउन हरतरहले प्रयास गरिरहेका छौं ।
सीमापारी रहेका १५ सय नेपालीहरु आफ्नै देशले चिनेन भनेर कराइरहेका छन् नि ?
त्यसको बारेमा उच्चस्तरीय समिति र माननीय गृहमन्त्रीज्यूसँग निरन्तर समन्वय गरिरहेका छौं । हिजो मात्रै हाम्रो प्रदेशका नौवटै जिल्लामा भिडिया कन्फरमेसन गरेर त्यहाँका स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, सदुरमुकाम स्थित नगरप्रमुख, सुरक्षा निकायहरु मेडिकल कर्मचारीहरु सबैलाई समन्वय गरेका छौं । त्यो कार्यबाट जिल्लाका विभिन्न समस्याका बारेमा अवगत भएको छ । सीमानाकाहरुमा पनि हरदम चिन्तित भएर लागिरहेका छौं ।
अरु देशले प्लेन चार्टर गरेर आफ्ना नागरिकहरु लगेको छ, तर हाम्रा देशका नागरिकलाई ल्याउन नहुने ?
ऋषिजी तपाईको यो लोकप्रिय कार्यक्रममार्पmत यो जानकारी गराउन चाहन्छु । हामी सधैं जनताका सेवक हौं । हामीले जनतालाई दिने सेवामा रत्तिभर कमी हुने छैन । सीमानाको कुरामा प्रदेश सरकार र त्यहाँको सिडिओले मात्रै गरेर सम्भव छैन । दुई देशले समन्वय गरेर भारत र नेपाल दुवैमा लकडाउन छ । ती हजारौं नेपालीहरु दिल्ली, बम्बईबाट लकडाउनका बेला कसरी सिमानामा आइपुग्छन् यो एउटा गम्भीर विषय छ । यसलाई गम्भीरतापूर्वक लिएर हाम्रो संघीय सरकार र भारतीय सरकारबीच कुरा गरेर निकास निकाल्छौं भन्नेमा हामी आशावादी छौं ।
एकजनाले ज्यानको पनि प्रवाह नगरी महाकाली नदीमा हामफालेर आए तर प्रहरी नियन्त्रणमा लियो नि ?
यतिबेला देश लकडाउनमा छ । त्यसका पनि केही नियमहरु हुन्छन् । त्यसकारण स्थानीय प्रशासनले लकडाउन उल्लंघन गरेको भनेर समाएको हुन सक्छ । उहाँहरु र उहाँका परिवारको स्वास्थ्यको ख्याल गरेर सुरक्षित राख्ने काम हामीले गरेका छौं ।
दार्चुलाका सिडिओले ‘कोही नदीमा हामफालेर नांगै आउँछ भनेर सोचेका पनि थिएनौं’, भन्नुभयो नागरिकको सुरक्षा गर्ने तपाईंहरुको दायित्व होइन ?
दायित्व भएकै कारणले नै हामीहरु हरदम लागिरहेका छौं ।
सुदूरपश्चिममा अहिले कोरोना भाइरस संक्रमित एकजनाको उपचार भइरहेको छ होइन ?
हो ।
उहाँको स्वास्थ्यस्थिति के छ ?
उहाँ स्वास्थ्यस्थितिमा क्रमशः सुधार भइरहेको छ । पहिलाको भन्दा सामान्य हुँदै गइरहेको छ ।
त्यसोभए सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित एक जनाबाहेक कसैलाई देखिएको छैन हो ?
अहिले संक्रमितको रुपमा उहाँ एकजना मात्रै हुनुहुन्छ । शंकास्पदको रुपमा ५-७ जनालाई आइसुलेसनमा राखेका छौं । उहाँहरुको नियमित स्वास्थ्य परीक्षणको काम भइरहेको छ । केही समस्या देखियो भने सेती प्रादेशिक अस्पताललाई कोरोना भाइरसको उपचार गर्ने निर्णय गरेका छौं । त्यहाँ ल्याब पनि स्थापना हुँदैछ ।
अभैm स्थापना भएको छैन ? ल्याब हिजै स्थापन हुने भनिएको थियो नि ?
हिजो त सामाग्री र विशेषज्ञहरु आइपुग्नुभयो । अब आजबाट फन्सनिङ भएर अगाडि बढ्छ ।
डडेलधुराबाट कोरोना भाइरस संक्रमित व्यक्तिहरु यहाँ छन् भनेर सूचना आएको छ नि त्यतातिर तपाईंहरुको ध्यान गएको छ ?
डडेलधुरामा मात्रै होइन । हाम्रा प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्यकर्मीहरु परिचालन गरेका छौं । त्यसमा सुरक्षाकर्मी, स्वास्थ्य स्वंयम सेविकाहरु पनि परिचालित भएका छन् । सम्बन्धित स्थानीय सरकारलाई पनि समन्वय गरिरहेका छौं । स्थानीय सरकारलाई प्रदेश सरकारले क्वारेन्टाइन बनाउन, स्वास्थ्य सामाग्री उपलब्ध गराउन आर्थिक सहयोग गरेको थियो । सबै कुराको एकदमै गम्भीर रुपमा समन्वयन र निगरानी गरिएको छ ।
उपचार नगर्ने निजी अस्पताल र स्वास्थ्यकर्मीलाई कारबाही गर्न सक्नुहुन्छ ?
मैले बारम्बार भन्ने गरेको छु । कानुनको सबैले पालना गर्नुपर्छ । यो महासंकटको बेलामा कसैले कालाबजारी गर्छ, आफ्नो दायित्वबाट पछि हट्छ, सरकारका निर्देशनहरु मान्दैन भने त्यस्तोलाई अवश्य कानुन हावी हुन्छ र त्यो कारबाहीको भागीदार बन्छ । खोजीखोजी कारबाही गर्न हामी तत्पर रहने छौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्