Logo

आज २०७६ चैत्र १९ गते बुधबारको राशिफल



काठमाडौं, १९ चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र १९ गते बुधबार इश्वी सन २०२० अप्रिल १ तारीख चैत्र शुक्लपक्ष अष्टमी तिथी आद्रा नक्षत्र शोभन योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मुसल योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु बुधाष्टमीव्रत गोरखकालीपूजा चैत्राष्टमी चैतेदशैं भवानिको उत्पत्ति श्रीश्वेतमत्स्येन्द्रनाथ रथयात्रा अशोकको पाउलाखाने जमयात (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्ण कार्य सम्पादन गर्न पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । सभा तथा सम्मेलनजन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुनेछ । भुमि तथा वाहन सुख प्राप्त रहनेछ । पूराना मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईका विरोधीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेतापनि यात्रा झन्झटपुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानी अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । सामान्य चोटपटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सही सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउनेछ । आय आम्दानीका बिभिन्न स्रोततहरु फेला पर्नेछन । मानसिक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आईपर्न सक्नेछ । पारिवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट साहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईसँग प्रतिष्पर्धा गर्ने ब्यक्तिहरुको वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौद्धिक क्षेत्रका ब्यतित्वसँगको संगतद्वारा मन प्रशन्न रहला । सन्तानसम्बन्धी समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठनपाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिद्यार्थी वर्गको बौघिद्ध विकासका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शंका उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसिक चञ्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथ र सहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साझेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुनेछ । आट र साहसको वृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनुपर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिष्पर्धीहरुको बृद्यि हुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आम्दानीका बिभिन्न स्रोतहरु फेलापर्ने छन । बौद्धिक क्षेत्रका ब्यतित्वसँगको संगतद्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनी हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्