Logo

अमेरिकामा २ लाख ४० हजारको कोरोना संक्रमणबाट मृत्यु हुने व्हाइट हाउसको प्रक्षेपण



एजेन्सी, १९ चैत्र । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट दुई लाख मानिसहरुको मृत्यु हुनसक्ने अनुमानहरु आइरहेकै थियो । तर, यसपटक भने अमेरिकी सरकारकै प्रक्षेपण आएको छ ।

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसले नै अहिलेको सामाजिक दूरी र रोकथामको उपायका बाबजुद एक लाख देखि २ लाख ४० हजारको कोभिड १९ बाट मृत्यु हुनसक्ने भनेको छ । मंगलबार व्हाइट हाउसले अहिलेको उपाय नअपनाइएको हुन्थ्यो भने २२ लाखसम्म मानिसहरुको मृत्यु हुनसक्थ्यो भनेको छ । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इमर्जेन्सी टास्क फोर्सका वरिष्ठ अधिकारीले धेरै मानिसहरु मर्ने सम्भावना रहेको प्रक्षेपण गरेको सीएनएनले जनाएको छ ।

अमेरिकाको नेस्नल इन्स्टिच्युट एन्ड इन्फेक्टिअस डिजिजेजका निर्देशक डा. एन्थोनी फौसीले पूर्व तयारी बुद्धिमतापूर्वक गर्नुपर्नेमा जोड दिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्