Logo

प्रदेश नम्बर १ मा कोरोना रोकथाम र नियन्त्रणको लागि के भैरहेको छ ? यसो भन्छन् मुख्यमन्त्री राई (भिडियोसहित)



काठमाडौं, १९ चैत्र । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आफ्नो सरकारले उच्च सतर्कता अपनाएको र सोहीअनुसार कदम चालेको स्पष्ट पारेका छन् । प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले भने,”कोरोना भाइरसविरुद्ध हामी सुरुदेखि नै एकजुट भएर सशक्त रुपमा जुटिरहेका छौं । मेरो नेतृत्वमा एउटा निर्देशक समिति बनेको छ । त्यो अहिले क्रियाशिल छ । यो समितिको मातहतमा रहेका चार वटा समिति पनि त्यही रुपम क्रियाशिल छन् । हामीले कोरोना ईन्फरमेशन डेस्कपनि स्थापना गरेका छौं ।”

मुख्यमन्त्री राईले आफूहरुले प्रदेश नम्बर १ मा तीन हजार ७९ बेडको क्वारेन्टाईन तयार पारेको पनि जनाए । उनले भने,”अहिलेसम्म दुई सय १९ जनालाई त्यहाँ राखिएको छ । उनीहरुको लागि खाने र बस्ने सबै प्रवन्ध गरिएको छ ।” त्यस्तै, होम क्वारेन्टाईनमा रहेका चार सय जनालाई पनि सरकारले उत्तिकै प्रबन्ध गरेको उनले जनाए । त्यस्तै, आफुहरुले ५० बेडको छुट्टै कोरोना अस्पतालसमेत स्थापना गरेको राईले बताए ।



प्रतिक्रिया दिनुहोस्