Logo

कोरोना भाइरसः अहिलेसम्म ११३१ को टेष्ट, ९९ जना आइसोलेशनमा



काठमाडौं, १९ चैत्र । नेपालमा हालसम्म ११ सय ३१ को कोभिड १९ टेष्ट हुँदा पाँचजना मात्र संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ११ सय ३१ को नमूना परीक्षण भएको जानकारी दिएका छन् ।

परीक्षणमा लक्षण देखिएका विरामी देखि हालसम्म संक्रमणमा परेकाको सम्पर्कमा आएकाहरुको समेत नमूना परीक्षण भइरहेको जानकारी दिए । नमूना परीक्षणबाट सम्पर्कमा आएकाहरु कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको उनको भनाई थियो ।

डा. देवकोटाका अनुसार हालसम्म ९९ जना आइशोलेशनमा छन् । कन्ट्याक्ट नेष्ट ८५ प्रतिशत सकिएको छ ।

कोभिड १९ संक्रमित पाँच जनामध्ये चारजना उपचाररत छन् । चारजनाको स्वास्थ्य राम्रो हुँदै गएको बुझिएको छ । आउँदो हप्ताबाट संक्रमितहरु टेष्ट नेगेटिभ आएपछि धमाधम डिस्चार्ज हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्