Logo

न्युज प्रभावः महामारीमा आधा अर्ब घोटालाको टेन्डर सम्झौता रद्धको नालीबेली



काठमाडौं, १९ चैत्र । अन्ततः सरकारले चीनबाट ल्याउन थालेको स्वास्थ्य सामाग्रीको टेन्डर सम्झौता रद्ध गरेको छ । टेन्डरमा कमिशनको चलखेल भई व्यापक अनियमितता भएको खुलासा रिपोर्टर्स नेपालले गरेको थियो ।

कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता ! यी हुन् मुख्य योजनाकार शिर्षकमा समाचार १६ चैत्रमा समाचार प्रकाशित गरेको थियो । जसमा ओबीसीआईसँगको टेन्डर सम्झौतामा सरकारले दोब्बर देखि सात गुना महँगो मूल्यमा सामान ल्याउन लागेको उल्लेख थियो । यो टेन्डर सम्झौताको नालीबेलीको पहिलो समाचार थियो । १६ चैत्रमा चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आशंका, पूर्व सचिव उपाध्यायले उठाए प्रश्न स्वास्थ्यमन्त्रीज्यू तपाईंको सात पुस्तालाई पोल्छ’ शिर्षकका समाचार र अभिव्यक्ति प्रकाशित भएका थिए ।

रिपोर्टर्स नेपालले चीनबाट सामान ल्याउने टेन्डरका योजनाकारहरुबारे समेत खुलासा गरेको थियो । यसको योजना कसरी बनेको थियो र कति अनियमितता हुने भएको छ भन्ने विषय पनि खुलाएको थियो । महामारीमा आधा अर्ब कमिशनका योजनाकार शिर्षकमा समाचार १७ चैत्रमा समाचार प्रकाशित गरेको थियो ।

रिपोर्टर्स नेपालले लगातार यी शिर्षकहरुमा समाचार लेखेको थियोः

चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आशंका, पूर्व सचिव उपाध्यायले उठाए प्रश्न

‘स्वास्थ्यमन्त्रीज्यू तपाईंको सात पुस्तालाई पोल्छ’

महामारीमा आधा अर्ब कमिशनका योजनाकार

कोरोना स्वास्थ्य सामाग्री खरिद काण्डका मुख्य योजनाकार युवराज शर्मामाथि कारबाही हुने

अनाधिकृत चिनियाँ कम्पनिले कोरोना रोकथामको गुणस्तरहीन स्वास्थ्य सामाग्री बनाएको र आपूर्ति गरेको खुलासा

कम गुणस्तर भन्दै युरोपेली देशहरुले अस्वीकार गरेको चीनमा बनेको स्वास्थ्य सामाग्री नेपालले किन्यो

समाचार लाखौंले पढेर प्रतिक्रिया जनाएका थिए । यसले कोरोनाको रोकथामका लागि लकडाउनमा परेका जनतामा समेत आक्रोश बढेको थियो । सामाजिक सञ्जालहरुमा सरकारको चर्को आलोचना भएको थियो । सत्तारुढ दलकै नेताहरुले यसमा आपत्ती जनाएका थिए । कतिपयले कोरोनासँग लडेपछि हिसाबकिताब गरौं समेत भनेका थिए ।

तर, देशका शक्तिशाली व्यक्तिहरु र केही विचौलियाहरुको योजना मुताबिक भएको सामान ल्याउने सम्झौता मात्र विवादमा परेन ल्याएको सामान पनि विवादमा चीनबाट ल्याउन गरिएको स्वास्थ्य सामाग्रीको टेन्डर रद्ध भएको छ । टेन्डर सम्झौता अनुसार कबुल गरेको कम्पनिले काम नगरेको भन्दै सरकारले रद्ध गरेको जनाएको छ । तर, यसमा ठूलै आर्थिक चलखेल छर्लंंग भएको देखिन्छ ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीहरुले टेन्डरको बचाऊ गरेका थिए । उनीहरुले अनियमितता नभएको र प्रमाणित गरे झुण्डन तयार भएको सम्मको अभिव्यक्ति दिएका थिए ।

कस्ले के भनेका थिए हेर्नुहोस्ः

स्वास्थ्य सामाग्रीमा घोटाला भएको छैन, कागजात मसँग छ-डा. विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका प्रवक्ता

कसैले अहिलेकोभन्दा सस्तोमा भोलि नै सामान ल्याईदिन्छ भने पहिलेको सम्झौता तोडिदिन्छु : महानिर्देशक श्रेष्ठ (भिडियोसहित)

‘स्वास्थ्य सामाग्री खरिदमा अनियमितता प्रमाणित भए सार्वजनिक रुपमा झुण्डन तयार छु’

चीनबाट औषध खरिद गर्दा एक रुपैयाँ भ्रष्टाचार देखाउन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. श्रेष्ठको चुनौती

मेडिकल सामग्री खरिदबारे पोखरेलको स्पष्टोक्ति : व्यापारीले नमान्दा छोटो बाटो अपनाईयो

किन प्रयोग गरिएको छैन चीनबाट ल्याइएको टेष्ट किट

चीनमा रहेका व्यापारी नविन विकले राखेको मूल्य फरक सूची

पूर्व सचिव भीमप्रसाद उपाध्यायले सार्वजनिक गरेको मूल्य सूची

सम्बन्धित लिंकहरुः

कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता ! यी हुन् मुख्य योजनाकार

चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आशंका, पूर्व सचिव उपाध्यायले उठाए प्रश्न

स्वास्थ्यमन्त्रीज्यू तपाईंको सात पुस्तालाई पोल्छ’

कोरोना स्वास्थ्य सामाग्री खरिद काण्डका मुख्य योजनाकार युवराज शर्मामाथि कारबाही हुने

अनाधिकृत चिनियाँ कम्पनिले कोरोना रोकथामको गुणस्तरहीन स्वास्थ्य सामाग्री बनाएको र आपूर्ति गरेको खुलासा

कम गुणस्तर भन्दै युरोपेली देशहरुले अस्वीकार गरेको चीनमा बनेको स्वास्थ्य सामाग्री नेपालले किन्यो

स्वास्थ्य सामाग्रीमा घोटाला भएको छैन, कागजात मसँग छ-डा. विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका प्रवक्ता

सैले अहिलेकोभन्दा सस्तोमा भोलि नै सामान ल्याईदिन्छ भने पहिलेको सम्झौता तोडिदिन्छु : महानिर्देशक श्रेष्ठ (भिडियोसहित)

‘स्वास्थ्य सामाग्री खरिदमा अनियमितता प्रमाणित भए सार्वजनिक रुपमा झुण्डन तयार छु’

चीनबाट औषध खरिद गर्दा एक रुपैयाँ भ्रष्टाचार देखाउन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. श्रेष्ठको चुनौती

किन प्रयोग गरिएको छैन चीनबाट ल्याइएको टेष्ट किट

 



प्रतिक्रिया दिनुहोस्