Logo

अष्ट्रेलियन नागरिकहरु आफ्नो देश फिर्ता (फोटोफिचर)



काठमाडौं, १९ चैत्र । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले यही चैत्र १५ गतेसम्म लकडाउन लगाएका्े छ । सरकारले लगाएको लकडाउनका कारण नेपालमै अलपत्र परेका विभिन्न देशका नागरिकहरुलाई आफ्नो देशले विमान चार्टर गरेर स्वदेश फर्काउने क्रम जारी छ । फ्रान्स, अमेरिकापछि अष्ट्रेलियाले पनि आफ्नो नागरिकलाई आज स्वदेश फिर्ता गरेको छ ।

नेपालस्थित् अष्ट्रेलियन दूतावासले आफ्नो दुई सय ६४ जना नागरिकलाई स्वदेश फर्काएको हो । उनीहरुलाई लिएर नेपाल एयरलाइन्सको विमान अष्ट्रेलिया उडेको छ । स्वदेश फर्किन पाउँदा अष्ट्रेलियाली नागरिक खुशी देखिन्थे । कोरोना भाइरस स‌ंक्रमणप्रति सचेत उनीहरु विमानस्थलमा मास्क लगाएर उपस्थित थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्