Logo

नेपालमा ११ सय ३३ जनाको कोरोना परीक्षण, ९९ जना आइसोलेसनमा



चैत १८, काठमाण्डौ । नेपालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका १ हजार १ सय ३३ जनाको परीक्षण सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो जानाकारी दिन सार्वजनिक गरेको भिडियो सन्देशमा देशभर ९९ जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले उपचारमा रहेका ४ जना कोरोना संक्रमितसँग जोडिएका ८५ प्रतिशत व्यक्तिको खोजी सम्पन्न भएको जानकारी दिए । खोजी कार्यलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार इपियोडोमोलोली तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको देवकोटाले बताए । यसरी भेटिएकालाई क्वारेन्टाइनमा राख्ने गरिएको र अहिलेसम्म सबैको परीक्षण नेगेटिभ आएको पनि उनले बताए ।

बुधबार १२ जनाको नमुना संकलन गरेर परिक्षणमा पठाएको पनि मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक गरेको नम्बरमा कोरोनासम्बन्धी गुनासो र जानकारी लिने क्रममा अहिलेसम्म ९ हजारभन्दा बढिको सम्बोधन भएको पनि देवकोटाले बताए । काठमाण्डौ र धरानसँगै पोखरामा पनि कोरोना परीक्षण सुरु भएको छ भने हेटौडामा अन्तिम तयारी भइरहेको प्रवक्ता देवकोटाले बताए । त्यसैगरी धनगढी, धनुषा, सुर्खेत र बुटवलमा पनि प्रयोगशाला संचालनको तयारी भइरहेको देवकोटाले बताए ।

दुई दिनअघि सुरु गरिएको एप्समा दुई हजार जना ३ सय जनाले लक्षणबारे जानकारी दिएकोमा १२ जनाको लक्षण कोरोनासँग सम्बन्धित भएकाले परीक्षणको तयारी भइरहेको छ । मंगलबार कोभिड नाइन्टिन क्राइसिस म्यानेजमेन्न सेन्टरको चारवटा शाखाको पहिलो बैठक आज बसेर काम सुरु गरेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । ति शाखाले कोरोनाको सम्भावित जोखिम न्युनिकरणका लागि काम गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्