Logo

एक्लो हुँदा खुशी हुने उपाय



हामी सबैको खुशीको आफ्नै आफ्नै छुट्टै परिभाषा छ । तपाइँको जीवनमा भएको चुनौती,जीवनशैलीमा भइरहेको परिर्वतन जस्ता दैनिक कार्यले कति खुशी हुने भन्नेमा सबैभन्दा धेरै महत्व राख्छ । तपाइँ खुशी हुनु सबैभन्दा आवश्यक हुन्छ । यसमा चाहे सम्बन्ध होस्, बृद्ध वा बच्चा, व्यस्त जीवन वा राम्रो नराम्रो समय होस्, एक्लै खुशी रहनु मानसिक र शारीरीक स्वास्थ्यको लागि सबैभन्दा आवश्यक हुन्छ ।

एक्लै खुशी रहन किन आवश्यक

घरबाट टाढा बस्नको लागि काम, करियर, रोजगारदाता वा अन्य कुनै कारण हुन सक्छ । घरबाट टाढा बस्नु धेरै गाह्रो कुरा हो यसैले होम सिक हुन पनि सकिन्छ । आफन्तबाट टाढा रहनु शारीरीक आर्थिक पक्षबाट पनि कठिन हुन्छ यो भन्दा धेरै मानसिक रुपमा तपाइँलाई कमजोरी बनाइदिन्छ । आफन्तको साथमा हास्न रुन सबै शेयर गरिन्छ । तर एक्ले बस्नु तपाइँको लागि धेरै आवश्यक छ ।

कसरी एक्लै बस्न सिक्ने

आफैले आफुलाई बुझनेः सबेभन्दा पहिला आफैलाई सम्झने । आफुलाई एक मुल्यवान व्यक्ति सम्झिनको लागि कसैसँग अनुमति लिन आवश्यक पर्दैन । पुरा दिनको घटना आफै एक्ले कुरा गर्ने ।

सबैभन्दा पहिला आफु खुशीेः एक्लै आनन्दित हुँदा तपाइँलाई वास्तवमा आफुलाई खुशी पार्ने कुरा पत्ता लगाउन मौका मिल्छ । यो समयले आफैलाई राम्ररी चिन्ने अवसर प्राप्त हुन्छ । एक्ले हुँदा समय र स्वतन्त्रता प्राप्त हुन्छ ।

आफैले हिसाबकिताब गर्न चाहेमा गर्न सकिन्छ, जुन आजसम्म अर्को व्यक्तिको कारण गर्न पाएको थिएनौ । यस्ता कामले एक्ले बस्नको साथसाथै खुशी महसुस हुन्छ । यस्ता प्रक्रियाबाट आफु धेरै लामो समयसम्म खुशी हुन सकिन्छ ।

आफैलाई माया गर्नुः हामी अर्कालाई माया गर्छौ तर खुद आफैलाई माया गर्न भुल्छौ । आफैले आफैमा माया गर्नाले वास्तवमा शारीरीक, आध्यात्मिक र मानसिक विकास बृद्धि गर्छ । जब तपाइँ आफ्नो खुशीको लागि कसैको प्रशंसामा निर्भर गर्नुपर्दैन र आफैले समय–समयमा कम्प्लिमेन्ट दिँदा वास्तवमा आफै भित्र माया सम्झिन्छ ।

व्यायामबाट स्वास्थ जीवनशैलीको निर्माण गर्नेः स्वस्थ तन एक स्वस्थ मनका घर हुन्छ । जब आफैभित्र खुशी रहँदा शरीरमा सकरात्मक उर्जा संचार हुन्छ । व्यायामले खुद आफैमा आत्मविश्वास बढाउछ ।

आरामपन छोड्नुहोस्ः आरामदायी स्थानलाई छोडेर नयाँ तरीकाबाट केही न केही शुरु गर्नुपर्छ । नयाँ नयाँ कामको प्रयास गर्दै जानाले साच्चिकै खुशी हुनलाई मद्दत गर्दछ ।

समयको सहि उपयोग गर्नुः तपाइँ समयको धेरै बुद्धिमानी भएर उपयोग गर्दा दिनभरी आफुले गरेका कामले आफुलाई सन्तृष्टि दिन्छ ।यसरी काम गर्दा आफ्नो कामले गर्व हुनुको साथै सन्तृष्टि र खुशी दिन्छ ।

आफ्नो रुचिअनुसार काम गर्नुः आफ्नो रुचिलाई आफैले चुनौती सोचेर सधै उत्साहित भएर काम गर्नुुपर्छ ।

एक्लै आनन्दित हुनुको मतलब यो संसारबाट नै आफु अलग हुनु होइन् । यसको अर्थ यो होकी कोही व्यक्तिहरु बाहेक आफु एक्लै पनि खुशी हुन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्