Logo

मन्त्री भट्टको दाबी : आपूर्तिमा कुनै समस्या छैन् (भिडियोसहित)



काठमाडौं, १९ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले आम उपभोक्तालाई आपूर्तिको कुनै समस्या नहुने स्पष्ट पारेका छन् । बुधबार साँझ प्राईम टाईम्स टेलिजिभनबाट प्रशारण भएको “कोराना भाइरसको महामारी : प्राईमको खबरदारी” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले भने,”अहिलेसम्म जनतामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको कुनै अभाव छैन् ।”

दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरुको लागि सरकारले चाँडै राहत पुर्याउने पनि उनले जानकारी दिए । उनले भने,”हामीले काम गरिरहेका छौं । भाषण होईन, काम गरेको छु । जहाँ समस्या छ, त्यो कुरा जनताले भन्नुपर्यो । हामी समाधान गर्छौं । केही पाएनन् भन्ने कुरा नै गलत हो । जनता खाद्यान्नको अभावमा छैनन् ।” उनले श्रमिक मजदुरहरुको लागि खानेकुराको आवश्यक प्रवन्ध गरिएको र छिटोभन्दा छिटो सबैमा पुग्ने पनि विश्वास दिलाए । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्