Logo

पेट्रोल, डिजल र मटितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो



चैत १९, काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । कोरोना भाइरसका कारण विश्व नै जोखिममा परेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि पेट्रोलियम पदार्थको मूल्य नेपालमा पनि घटेको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल, मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो । काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्