Logo

साहित्यकार उपेन्द्र पागलको निधन



काठमाडौँ, १९ चैत : पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।

उनी निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए । उनका ११ कृति प्रकाशित छन् । हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिनुभयो । उहाँको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उनका छ छोरी छन् ।रासस



प्रतिक्रिया दिनुहोस्