Logo

सांसद चौधरीले पशुपति मन्दिर परिसरमा पशुपन्छीलाई खाना खुवाईन्



काठमाडौं, १९ चैत्र । राजपा नेपालकी महामन्त्री  तथा प्रतिनिधिसभाकी सदस्य चन्दा चौधरीले लकडाउन बेलामा भोकै रहेका पशुपतिनाथ मन्दिर परिसरमा रहेका पशुपन्छीलाई खाना खुवाएकी छिन् । बुधबार उनी घरबाटै खाना तयार गरेर गौशला पुगेकी थिईन् ।

उनले मन्दिर परिसरमा रहेका गाई, बाँदर, कुकुरलाई खाना खुवाएकी थिईन भने परेवालाई समेत आहार दिएकी थिईन् । लकडाउनमा पशु चौपायाको विजोग भएको छ । मानवीय चहलपहल नभएपछि काठमाडौं उपत्यकाका विभिन्न पार्क, मन्दिर परिसर तथा खुल्ला ठाउँमा रहेका पशु चौपाया र पन्छीहरु भोकै हुन थालेका छन् ।

मिडियामा समेत यसबारेमा खबरहरु आइरहेका छन् । यस्तो अवस्थामा सांसद चौधरीले पशुपतिनाथ मन्दिर पसिसरका पशुपन्छीलाई खाना खुवाएर धेरै राम्रो काम गरेकी छिन् । पूर्व राज्यमन्त्रीसमेत रहेकी चौधरी सामाजिक कार्यमा अगाडि नै छिन् ।

 तस्विर : सांसद चौधरीको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्