Logo

भारतको इस्लामिक धार्मिक जमातबाट आएका थप तीन जना भेटिए, सातै जना क्वारेन्टाइनमा



सप्तरी, १९ चैत : सप्तरीको राजविराजस्थित एक घरमा बनाइएको क्वारेन्टाइनमा इस्लाम धर्मावलम्बीको जमातमा सहभागी भएर भारतबाट घर फर्किएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित इस्लामिक धार्मिक पर्व निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिकसभामा सहभागी भएर फर्केका थप तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यो सँगै सात जनालाई नियन्त्रणमा लिएर सप्तरी प्रहरीले क्वारेन्टाइनमा राखेको छ।

बुधबार साँझ नियन्त्रणमा लिइएका थप तीनजना पनि सप्तरी राजविराजकै हुन्। यसअघि बिहान तीनजनालाई प्रहरीले सप्तरीबाटै नियन्त्रणमा लिएको थियो। धार्मिकसभाबाट घर फर्केका उनीहरू लुकेर बसेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो। साँझ प्रहरीले नियन्त्रणमा लिइएका तीनै जनाले आफूहरू दिल्लीको धार्मिकसभामा सहभागी नभएको बताए। भारतमा नजिकैको सहर गएको स्वीकार गरे पनि कुन सहर गएर फर्केको कुरा खुलाउन नसक्दा शंका लागेर उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले स्पष्ट पारे।

यसअघि सप्तरी प्रहरीले आजै बिहान ३ जनालाई राजविराज–४ स्थित मिनी मार्केट अगाडिबाट नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार तिनै जना राजविराजका ठूलो व्यापारी हुन्। उनीहरू दिल्लीमा भएको धार्मिक सभाबाट फर्केका थिए। नियन्त्रणमा लिएका सबैलाई राजविराजस्थित साईकृष्णा अस्पतालको क्वारेन्टाइनमा राखिएको छ। दिल्लीको धार्मिकसभाबाट आएका अन्य ३ जना सम्पर्कविहीन रहेको प्रहरी स्रोतले जनाएको छ। उनीहरूको पनि खोजी भइरहेको छ।

दिल्लीको धार्मिकसभामा सहभागीमध्ये कैयौं व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ। त्याहा सहभागी केही व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ। सभामा सहभागी १६ देशका ८ सय बढीलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा नेपालका समेत २० जना छन्। यो संगै नेपालमा संक्रमणको जोखिम बढेaको छ



प्रतिक्रिया दिनुहोस्