Logo

विष्णु पौडेल, गोकुल र भानुभक्तमाथि बाबुरामको कडा टिप्पणी, भ्रष्टाचार गर्नेहरु चोखिने !



काठमाडौं, १९ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेडिकल सामग्री खरिद सम्झौता रद्द गरिएपछि सरकार प्रमुख र मन्त्रीहरुबारे कडा टिप्पणी गरेका छन् । उनले ट्विटरमा यस्तो लेखेका छन्,”सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने! सुरक्षाप्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने!ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने!यही हो कँणहरूको नयाँ विधिशास्त्र?”

नेता भट्टराईले नाम नलिईकन स्वास्थ्य सामग्री खरिद प्रकरणमा वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उक्त मन्त्रालयका कर्मचारीले करोडौंको भ्रष्टाचार गरेको टिप्पणी गरेका छन् । त्यस्तै, उनले करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारीहरु सम्झौता गरेर चोखिन खोजेको पनि बताएका छन् ।

त्यस्तै, केही समय अघि सुरक्षा प्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गरेको भनेर पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको नाम नलई कडा टिप्पणी गरेका छन् । उनले बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिएर चोखिएको पनि टिप्पणी गरेका छन् । ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता तथा न्यायाधीश चोखिन खोजेको भन्दै नाम नलिईकन नेकपाका महासचिव विष्णु प्रसाद पौडेलमाथि कडा टिप्पणी गरेका छन् । नेता भट्टराईले अन्तिममा प्रश्न गरेका छन्,”यही हो कँणहरूको नयाँ विधिशास्त्र ?” file photo/Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्