Logo

सर्बियाका राज्यमन्त्रीको कोरोना भाइरसबाट मृत्यु



एजेन्सी १९ चैत : सर्बियाका राज्यमन्त्री ब्रानिस्लाव ब्लासिकको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । सर्वियाका वातावरण राज्यमन्त्री ब्लासिकको कोभिड–१९ को कारण ज्यान गएको अन्तर्रस्त्रिया सन्चार मध्यमले जनाएको हो । अस्पताल भर्ना भएका राज्यमन्त्री ब्लासिकको दुईदिन पछि कोरोना भाइरसबाट मृत्यु भएको सार्वजनिक स्वास्थ्य संस्थानका उप निर्देशक टेपावासेभिकले जनाएका छन् ।

राज्यमन्त्री ब्रानिस्लाव ब्लासिक सत्तारुढ प्रोग्रेसिभ पार्टीका संस्थापक पनि हुन् । उनी सन् १९९० को दशकमा वातावरण मन्त्री नाममा सफल भएका थिए ।
सर्वियामा भाइरसको संक्रमण बढेको छ । उक्त भाइरसको कारण मुलुकमा संक्रमितको संख्या एक हजार ६० पुगिसको छ भने ३० जना मानिसको ज्यान गइसकेको छ । अहिले सर्वियामा आपतकाल घोषणा गरिएको छ । सर्बिया २४ घन्टी २ हफ्ताको लागि बन्द हुने घोषणा समेत भैसकेको छ ।



प्रतिक्रिया दिनुहोस्