Logo

कोरोना ट्र्याक गर्ने ‘एप’ सिंगापुरद्वारा निर्माण



एजेन्सी १९ चैत : कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ । उक्त भाइरसको रोकथाम गर्नका लागि सम्पूर्ण देश हरु तिब्र गतिमा लागिपरेको छ । रोकथाम गर्न विभिन्न देश हरुले नयाँ प्रबिधिका उपकरणहरु निर्माण गरिरहेको अवस्था छ ।

सिंगापुर सरकारले आफ्नो देशमा उक्त भाइरसविरुद्ध लड्न नयाँ एपको निर्माण गरेको जनाइएको छ । उक्त एपले निजक रहेका कोरोना भाइरस संक्रमितको सूचना समेत दिने जनाइएको छ । कोरोना प्रभावित मान्छे दुई मिटर टाडा रहेपनि एपको प्रबिधिले जानकारी दिने जनाइएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सिंगापुर सरकारले एप डाउनलोड गर्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ । सम्पूर्ण देशहरु लक्डाउनको अवस्थामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्