Logo

आज २०७६ चैत्र २० गते बिहीबारको राशिफल



आज श्री शाके १९४१ बि.सं.२०७६ साल चैत्र २० गते बिहीबार इश्वी सन २०२० अप्रिल २ तारीख चैत्र शुक्लपक्ष नवमी तिथी पुनर्वशु नक्षत्र अतिगण्ड योग बालव करण चन्द्रमा मिथुन राशिमा प्रातः०८स्३८ बजे सम्म पश्चात कर्कट राशिमा आनन्दादि योगमा सिद्ध योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु राम नवमी (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्र तथा दाजुभाईहरुको साथ र सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । सामान्य शंका उपशंकाहरुको निबारण हुने दिन रहेको छ । परिश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिनेछ । अर्काको खुशीको लागी अनावश्यक पश्रिम खर्चिनुपर्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आईपर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्यसम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँट तथा साहसको वृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनुपर्ला । दाम्पत्य सुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थ्य सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनी गर्नका निम्ती उत्तम समय रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँखासम्बन्धी समस्याले सताउन सक्छ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । पारिवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) गरिरहेको कार्य क्षेत्रबाट आक्समिक धनलाभ हुने योग रहेको छ । यात्रा आम्दानीमूलक रहन सक्छ । कुल कुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनी हुनसक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । बिद्यार्थी वर्गका निम्ति समय उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । पारिवारीक झोरझमेला ले सताउन सक्नेछ । सभा तथा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । गरिरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा झन्झटपुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानी अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजनहरुको प्रशन्नताका निम्ति सामान्य खर्च हुने योग रहेको छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजन हरुको साथ सहयोगको कमी महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । मेहेनतअनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चञ्चल रहनाले अरु नयाँ काम को थालनी हुन सक्नेछ । सफल कार्यसम्पादनको लागि कडा परिश्रम गर्नु परेतापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिष्पर्धा गर्ने ब्यक्तिहरुको वृद्धि हुनेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौद्धिक ब्यक्तिहरुका बीचमा आफु कमजोर भएको महसुस हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थ्य गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठनपाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ ।



प्रतिक्रिया दिनुहोस्