Logo

मृतकको संख्या ४६ हजार नाघ्यो, एकैदिन ५५ हजार नयाँ संक्रमित थपिए



चैत २०, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण बुधबार राति १२ बजेसम्म  विश्वभर मृत्यु हुनेको सङ्ख्या ४६ हजार १ सय ५५ पुगेको छ।  विश्वभर ९ लाख २१ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन्। त्यस्तै १ लाख ९३ हजार निको भएका छन्।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटलीमा एक लाख ११ हजार कुल सङ्क्रमित भएका छन् भने १३ हजार १५५ को मृत्यु भएको छ। स्पेनमा एक लाख दुई हजार १३६ कुल सङ्क्रमित भएका छन् भने नौ हजार ५३ को मृत्यु भएको छ।

अमेरिकामा २ लाख ५ हजार कुल सङ्क्रमित भएका छन् भने चार हजार ५ सय १६ को मृत्यु भएको छ ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ३१२ को मृत्यु भएको छ। यहाँ निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८रहेका छन्।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ५२३ को मृत्यु भएको छ। इरानमा ४७ हजार  ५९३ कुल सङ्क्रमित भएका छन् भने २ हजार ९८८ व्यक्तिको मृत्यु भएको छ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ३५२ को मृत्यु भएको छ। बेलायतमा निको भएर घर फर्किनेको सङ्ख्या १३५ मात्रै रहेको छ।

जर्मनीमा ७६ हजार ५४४ कुल सङ्क्रमित भएका छन् भने ८५८ को मृत्यु भएको छ।

यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा सङ्क्रमण रहेको छ भने भारतमा एक हजार ६३७ सङ्क्रमित भएका छन्। भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ रहेको छ भने पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ।

 

पछिल्लो २४ घण्टाको विवरण :

बुधबार एकै दिन इटलीमा ७ सय २७ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै स्पेनमा बुधबार ५ सय ८९ जनाले ज्यान गुमाएका छन्।

युकेमा पनि बुधबार एकै दिन ५ सय ६३ जनाले ज्यान गुमाए।

त्यस्तै अमेरिकामा बुधबार ३ सय ४१ जनाले ज्यान गुमाए।

इरानमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या १३८ छ ।

बुधबार विश्वभर ५४ हजारभन्दा बढि नयाँ संक्रमित भेटिए भने ३ हजार २३९ जनाले ज्यान गुमाए ।

अहिले विश्वभर उपचार गराइरहेकामध्येे ३४ हजार ८ सयको अवस्था गम्भीर छ । उपचाररतको कुल संख्या ६ लाख ७५ हजार छ ।



प्रतिक्रिया दिनुहोस्