Logo

विदेशमा रहेका नेपाली सुरक्षित



काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार ३५६ जनाले भाइरसलाई जितेर घर फर्किएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अद्यावधिक गरेको छ ।

अमेरिकामा छोटो समयमै चार हजार ५५ को ज्यान गएको छ । त्यहाँ एक लाख ८८ हजार ५९२ सङ्क्रमित छन् । अमेरिकाका नेपाली मूलका एक जनाको कोराना सङ्क्रमणबाट मृत्यु भयो । इटलीमा हालसम्म १२ हजार चार सयको ज्यान गयो । त्यहाँ एक लाख पाँच हजार ७९२ सङ्क्रमित छन् । स्पेनमा आठ हजार ४६४ र चीनमा तीन हजार ३१२ को ज्यान गएको छ । युरोपका इरान, फ्रान्स, जर्मनी, बेलायत, स्विट्जरल्यान्डमा सङ्क्रमण बढ्दो छ । बेलायतमा चार जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली श्रम बजार रहेको मध्यपूर्वी एसियालाई डब्लूएचओको कोरोना भाइरसको उच्च जोखिमको क्षेत्र भनेको छ । श्रम गन्तव्य मुलुकमा सङ्क्रमणकै कारण नेपाल सरकारले श्रम स्वीकृति रोकेको छ । नेपाल प्रवेश गर्न २०२० अप्रिल ३० सम्म रोक लगाइएको छ । विदेशका नेपाली यतिबेला कोही जोखिममै काम गर्दैछन् । कोही सेल्फ क्वारेन्टाइनमा छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्