Logo

कोरोना संक्रमितको परिवारको रिपोर्ट नेगेटिभ



काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परेकी बागलुङकी युवतीको परिवारका चार जना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनका परिवारका सदस्यहरुको स्वाबको नमूना परीक्षणका लागि काठमाडौं पठाइएकोमा चार जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । बागलुङमा संक्रमित भेटिएपछि अन्यलाई पनि भाइरस सरेको हुन सक्ने आशंका गरिएकोमा चार जनाको रिपोर्ट नेगेटिभ आएपछि केही सहज भएको छ ।

परीक्षणका लागि पठाइएका मध्य युवतीका बाबु, हजुरबाबा, दाजु र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको र परिवारको तीन जना, उनीसँगै बेल्जियमबाट आएकी एक महिला, काठमाडौंबाट बागलुङ आएका एक जना र सोही विमानबाट नेपाल आएका ढोरपाटन नगरपालिकाका एक व्यक्तिको रिपोर्ट आउँन बाँकी रहेको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा। शैलेन्द्र बिक पोखरेलले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्