Logo

चितवनमा अनुमतिपत्र वितरण बन्द



भरतपुर,२० चैत ।जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ ।

कार्यालयले बुधबार सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो । पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए । उनले सरकारको निर्णय अनुसार अनुमती पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउनसक्ने बताए ।रासस



प्रतिक्रिया दिनुहोस्