Logo

विवाहपछि श्रीमान उदिपसँगै आँचलको अन्तर्वार्ता : पल शाहसँग नाम जोडिएकोमा यसो भन्छिन् (भिडियोसहित)



काठमाडौं, २० चैत्र । चर्चित नायिका आँचल शर्माले वैवाहिक जीवनमा बाँधिएपछि दिएको अन्तर्वार्तामा आफूलाई अहिलेपनि मनपर्ने नायक पल शाह नै भएको बताएकी छिन् । बुधबार राति प्राइम टाईम्स टेलिजिभनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका शर्माले यस्तो बताएकी हुन् । तर, यसको मतलब आफू कहिल्यैपनि पल शाहसँग प्रेम सम्बन्धमा नरहेको जिकिर गरिन् । पल शाह आफूलाई मन पर्नुको मुख्य कारण भनेको नै राम्रो अभिनय गर्ने र अरुलाई सहयोग गर्ने मानवीय गुण भएको पनि आँचलले बताईन् ।

उनले आफूले उदिप श्रेष्ठसँग नै विवाह हुन्छ भनेर नसोचेको पनि सुनाईन् । आफ्नो नाम कसैसँग जोडिएको भएपनि प्रेम सम्बन्ध भने नरहेको उनले स्पष्ट पारिन् । उनले भनिन्,”उदिपसँग विवाह हुनुभन्दा पहिले मेरो नाम एकजनासँग जोडियो । पल शाहसँग मेरो नाम जोडिएर आएका समाचारहरु सही होईनन् ।”

नायकसँग तपाईको विवाह गर्ने तयारी थियो अरे नि ? भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा आँचलले भनिन्,”छ्या, कहाँ हुनु ? होईन । होईन् । म र उदिपजी रिलेशनसिपमा बसेको एक वर्षसम्ममा त यो कुराहरु आईरहन्थ्यो । दाल, भात तरकारी मुभि गर्दा म उहाँसँग डेट जान्थें । अर्कैसँग नाम जोडिएर आयो । पलजीसँग मेरो नाम जोडिनुमा संगै काम गरेको भएर होला ।”



प्रतिक्रिया दिनुहोस्