Logo

महालक्ष्मीको हाम्रो युवा समूहबाट स्यानिटाइज जारी, अब राहत प्याकेज वितरण गर्ने



ललितपुर, २० चैत्र । महालक्ष्मी नगरपालिकामा हाम्रो युवा समूहले स्यानिटाइजलाई गति दिएको छ । कोरोना भाइरसको रोकथामका लागि स्यानिटाइजमा युवा सक्रिय भएपछि टोल र गाउँहरुमा माग बढेको बुझिएको छ ।

स्याटिनाइज अझै जारी रहने नेपाली काँग्रेसका युवा नेता समेत रहेका युवा समूहका विवेक कुमार कार्कीले बताए । अहिलेसम्म नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ मा स्यानिटाइज भइरहेको छ । उनका अनुसार अब राहत वितरणमा समूह सक्रिय हुनेछ । उनले भने, ‘युवा समूह अब राहतको प्याकेजमा लाग्दैछ ।’

स्यानिटाइजमा युवा समूहले अधिकांश आफ्नै खर्चमा गरेको छ । युवाको सक्रियताको प्रशंशा गर्दै नगरपालिका मेयर रामेश्वर श्रेष्ठले केही स्यानिटाइज सामाग्री यसै हप्ता उपलब्ध गराएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्