Logo

वर्षाको कोरोना कोषमा एक लाख



काठमाडौ, २० चैत्र । नायिका वर्षा सिवाकोटीले कोरोना भाइरसको रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा एक लाख दिने घोषणा गरेकी छिन् । उनले दैनिक काम गरेर गुजारा चलाउने मजदुरको नाममा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् ।

वर्षाले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोष मार्फत दिने बताएकी छिन् । सिवाकोटीले आफ्नै हातले पिडित मजदुर दाजुभाई तथा दिदिबहिनीहरुलाई सहयोग वितरण गर्ने तिव्र इच्छा हुँदाहुदै पनि लकडाउनको कारण दिन नसकेको जनाएकी छिन् । उनले आफुले गरेको रकम लक्षित वर्गमा पुग्ने आशा व्यक्त गरेकी छिन् । देशलाई बचाउन सम्पुर्ण डाक्टर, नर्स, मेडिकलसँग सम्बन्धित सबै र नेपाल प्रहरीलाई अहोरात्र खटेकोमा नमन गर्दै उनले लेखेकी छिन्

नमस्ते म वर्षा शिवाकोटी

देश लकडाउन भएको आज छैठौ दिन, आजको दिन सम्म देश भित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवान सँग एही प्राथना गर्दछुकि हाम्रो देश, हामी नेपाली कसैलाई केहि नहोश् ।

सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपाली लाई असर परेको छ तर पनि बिसेश गरेर दिनरात मजदुर गरेर जिबिका पार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाहरुको लागी जती सक्दो चाडो राहत को बेबस्था गर्नु हुनेछ भन्ने आशा गरौ एस्को लागी मेरो बेक्तिगत तर्फ बाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्क्षा, यो पैसा ति हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओश जस्ले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ ।

मैले यो पैसाले आफैले राहत किनेर ति दाजुभाई दिदीबहिनी समक्ष पुराउने इच्छा थियो तर नेपाल सरकारले सुरक्षित हुन दिनु भएको आदेश लाई हामी सबै नेपालीले मान्नै पर्छ र तेही मान्ने क्रममा म पनि सुरक्षित रहन लकडाउनमा भएकोले नेपाल सरकारको प्रधानमन्त्री राहत कोष मार्फत दिने सोच बनाए ।

अन्त्यमा देशलाई बचाउन दिनरात भोकभोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्भन्दित अन्य व्यक्तिहरु र हाम्रा देशका खम्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरु र कोरोना भाइरस बाट बचाउन लाग्नु भएका अन्य क्षेत्रका ब्यक्ति हरु मा नमन ।



प्रतिक्रिया दिनुहोस्