Logo

छिमेकीलाई साबेल प्रहार गरेपछि…



सिन्धुपाल्चोक, २० चैत्र । कुटपिट गरेको अभियोगमा तुल बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिक गैरीगाँउ बस्ने कामीलाई पक्राउ गरेको हो ।

घर नजिकै रहेको जग्गामा पानीको कुलो खन्ने विषयलाई लिएर वादविवाद हुँदा तुल बहादुरले छिमेकी सन्त बहादुर बिकलाई टाउकोमा साबेल प्रहार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी पिस्करबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते सन्त बहादुरलाई उपचारको लागि बाह्रविसेतर्फ पठाएको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्