Logo

भरुवा बन्दुक सहित पक्राउ



सिन्धुली, २० चैत्र । भरुवा बन्दुक सहित एकजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तीनपाटन गाउँपालिका उपिनथुम्काका जित बहादुर सुनुवारलाई भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको हो ।

प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्