Logo

नेपालमा कोरोना भाइरस संक्रमित छ जना कुन देशबाट फर्किएका (सूचीसहित)



काठमाडौं, २० चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये सबैजना विदेशबाट फर्केकाहरु रहेका छन् । उनीहरु युरोप, खाडी मुलुक र चीनबाट फर्केकाहरु रहेका छन् ।

संक्रमित तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु हुन् । सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । जसमध्ये दुईजना बाग्लुङका र एकजना काठमाडौंका छन् । आज कोरोना संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी हुन् र उपत्यकाबाहिर उपचार गराइरहेकी छिन् ।

कोरोना भाइरसका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको गत हप्ता नै पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

संक्रमितबारे
पहिलो संक्रमितः चीनबाट फर्केका युवक
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी किशोरी
तेस्रो संक्रमितः युएईबाट फर्किएका युवक
चौंथो संक्रमितः युएईबाट फर्किएका युवक
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी किशोरी
छैठौं संक्रमितः कतार हुँदै फर्किएकी महिला



प्रतिक्रिया दिनुहोस्