Logo

नेपालमा कोरोना भाइरसः संक्रमित तीन पुरुष तीन महिला



काठमाडौं, २० चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये तीन पुरुष र तीन महिला रहेका छन् । महिलाहरु तीनैजना एउटै विमानबाट नेपाल फर्किएका हुन् । कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु तीनजनामध्ये १९ वर्षीया किशोरी, २२ वर्षीय युवती र ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।

दुईजना महिला बाग्लुङका र किशोरी काठमाडौंकी हुन् । दोस्रो, पाचौं र छैठौ संक्रमित महिला हुन् । दोस्रो संक्रमित महिला फ्रान्सबाट, पाचौं संक्रमित महिला बेल्जियमबाट आएकी हुन् ।

यसैगरी, तीनजना संक्रमित पुरुष हुन् । कोरोना भाइरसका पहिलो संक्रमित चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् ।
चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

संक्रमितबारे
पहिलो संक्रमितः पुरुष
दोस्रो संक्रमितः महिला
तेस्रो संक्रमितः पुरुष
चौंथो संक्रमितः पुरुष
पाचौं संक्रमितः महिला
छैठौं संक्रमितः महिला



प्रतिक्रिया दिनुहोस्

Screenshot