Logo

भेन्टिलेटर र कोरोना प्रशिक्षण मेशिन थप्न मुख्यमन्त्री राउत निर्देशन



जनकपुरधाम, २० चैत : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका लागि ५० भेन्टिलेटर र दुई थान कोरोना परीक्षण मेशिन थप्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राउतको संयोजकत्वमा गठित निर्देशक समितिको आज बसेको बैठकले सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई सो निर्देशन दिएको हो । भेन्टिलेटर र कोरोना परीक्षण मेशिन खरिद गर्न तत्काल प्रक्रिया शुरु गर्न निर्देशनसमेत उनले दिएका छन्।

सो उपकरण प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १० र अन्य जिल्ला अस्पतालमा पाँच÷पाँच भेन्टिलेटर थप गरिने छन् भने वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण (पिसिआर) मेसिन जडान गरिनेछ । निर्देशन समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्