Logo

एनसेलको इन्टरनेट सेवा शुल्क २५ प्रतिशतले घट्यो



काठमाण्डौ २० चैत । एनसेलले इन्टरनेट सेवाको शुल्क घटाएको छ । एनसेलले चैत्र २० (बिहिबार) बाट लागू हुनेगरी डेटा सेवामा ‘पे एज यु गो’को शुल्क २५ प्रतिशतले घटाएको हो ।

एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको ‘पे एज यु गो’ शुल्क १।५० पैसा प्रति एमबीमा झारेको जनाएको हो । नयाँ कायम गरियको शुल्क लकडाउनको अवधिभर लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नै ‘पे एज यु गो’ अन्तर्गत ग्राहकलाई डेटामा बोनससमेत दिँदै आएको छ । जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ । कम्पनीका अनुसार पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् । एनसेलको नयाँ अफरबाट इन्टरनेटको मज्जाले लिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्