Logo

शशांकको टिप्पणी : ज्ञानेन्द्रसँग पैसा छ दिए, मसँग छैन के दिउँ ?, ओलीको विकल्प छैन्



काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना केन्द्रयि कोषमा दुई करोड सहयोग दिएको कुरालाई आफूले ठूलो रुपमा नलिएको प्रतिक्रिया दिएका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री कोइरालाले कुराकानीको क्रममा भने,”ज्ञानेन्द्रसँग पैसा छ, सहयोग गरे । मसँग छैन्, म के दिउँ ?”  कोइरालाले कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध विश्व नै लडिरेको अवस्थामा नेपालमा पनि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको समेत बताए ।

उनले भने,”यही सरकारलाई पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्छ । प्रधानमन्त्रीको विकल्प छैन् । यद्धपी उनले स्वास्थ्य सामग्री खरिदमा आर्थिक घोटाला वा भ्रष्टाचार भएको कुरा बाहिर आएको उल्लेख गर्दै यदि यो साँचो हो भने ठूलो अपराध कर्म भएको पनि टिप्पणी गरे । उनले भने,यस्तो विषम परिस्थितिमा भ्रष्टाचार गर्नु भनेको महा अपराध हो । भ्रष्टाचार तथा अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्