Logo

रामनवमीको अवसरमा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना



२० चैत  : भारतीय राष्ट्रपति रामनाथ कोनिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा रामनवमीको पवित्र अवसरमा समस्त नागरिकलाई शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति कोविन्दले ट्वीटरमार्फत् बिहीबार हिन्दी भाषामा दिएको सन्देशमा भनिएको छ, “भगवान रामको आदर्श जीवनबाट हामीले सद्गुण, सहिष्णुता, हार्दिकता र मित्रताको सन्देश पाउँछौँ । त्यसैले यस पावन अवसरमा हामी सबैले भगवान रामको जीवनबाट शिक्षा लिँदै गौरबशाली भारतको निर्माणमा लाग्ने प्रतिज्ञा गरौँ ।”

त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटमार्फत सन्देशमा ‘रामनवमीको पावन अवसरमा नागरिकको सुस्वास्थ्य, दीर्घायु र सुखी जीवनका लागि हार्दिक मङ्गलमय शुभकामना’ व्यक्त गरेका छन् । आदर्श पुरूष रामप्रति भक्तिभाव दर्शाउँदै प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “हाम्रो राम नवमीको पावन अवसरमा समस्त देशवासीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । जय श्रीराम !”

त्यसैगरी गृहमन्त्री अमित शाहलगायतका अन्य भारतीय नेताहरूले पनि रामनवमीको अवसरमा नागरिकको सुस्वास्थ्य र सौभाग्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

अजष्तचब नवरात्रीलाई आदर्श पुरूष भगवान् रामचन्द्रको जन्म दिनका रूपमा नेपाल भारत लगायतका विश्वमा छरिएर रहेको हिन्दुहरूले हर्ष र उल्लाासका साथ मनाउने गरिन्छ ।

यस वर्ष रामनवमीका अवसरमा शक्ति पीठहरूमा ठूलो भीडका साथ हुने पूजा, प्रार्थना तथा मेलाहरू कोरोनाभाइरसका कारण हुन सकेनन् । विश्वभर कोरोना भाइरसका कारण कराडौँ भक्तजनहरूले घरभित्र नै पूजा आराधना गरी समस्त मानवजातिको सुस्वास्थ्य एवम् दिर्घायूको कामना गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्