Logo

दुर्घटनामा घाइते भएकाको मृत्यु



कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक दण्डविक्रम विष्टको आज मृत्यु भएको छ ।

दुई दिनअघि मङ्गलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते विष्टको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लगेर नेपालगञ्ज जाँदै गरेको भे१च ८२४ नम्बरको एम्बुलेन्स र विष्टले चलाएको से५प ४८४ नम्बरको मोटरसाइकल कोहलपुरमा ठोक्किएर उहाँ गम्भीर घाइते हुनुभएको थियो भने मोटरसाइकलमै सवार शोभा केसी बटालाको तत्कालै मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्