Logo

मारवाडी सेवा समिति, नेपालले राहत वितरण जारी



काठमाडौं २० चैत्र । मारवाडी सेवा समितिले राहत वितरण जारी राखेको छ । सेवा समितिले कोरोना (कोभिड १९) बाट सिर्जित लकडाउनको अवस्थामा खानबाट बञ्चित हुँदै गएका दैनिक ज्यालादारी गरी खाने मजदूरहरुलाई राहत वितरण जारी राखेको हो ।

आज सेवा समितिसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मोतिलाल दुगडले कुमारी गालका ५० मजदूरहरुलाई राहत वितरण गरे । हिजो र अस्ति समितिले वडा नं ९ बत्तिसपुतली, १० को मध्येबानेश्वर र १६ को क्षेत्रपाटी र कीर्तिपुरमा वितरण गरिएको जानकारी राहत वितरणका संयोजक महावीर घिराईयाले दिए ।

संयोजक घिराईयाले भने,”राहतमा पाँच किलो चामल, दुई किलो दाल, नुन, तेल, पाँच प्याकेट चाउचाउ, विस्कुट, चिउरा, आलु, मसला र ४ वटा माक्स गरी चार जनाको परिवारलाई पाँच दिनसम्म खान पुग्ने छ । यसै गरी हामीलाई धेरै गाविसहरुबाट मजदूरहरुको नाम लिष्ट आएको छ, हामी सबै ठाउँमा वितरण गर्ने छौं ।”  

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्